सरोज थापा Monday, 20 February 2023

प्रजातन्त्र दिवसको अबसरमा सदाझै घोडा दौड ! त्रिपुरासुन्दरी न.पा.११ मुहुँकाे घाेडा प्रथम

सरोज थापा फागुण ८ दुनै डोल्पा !  - डाेल्पाकाे सदरमुकाम दुनै बजारमा  ७३ औँ प्रजातन्त्र दिवसकाे अवसरमा सदाझै यो बर्ष पनि जिल्ला स्तरीय घाेडा दाैड प्रतियोगिता सोमबार सम्पन्न गरिएको छ ! प्रतियोगितामा त्रिपुरासुन्दरी नगरपालिका ११ मुहुँकाे रण डसालकाे घाेडा प्रथम भएकाे छ । यस्तै ठुलीभेरी नगरपालिका वडा नं. ४ तिप्लाकाे राजकुमार बुढाकाे घाेडा द्वितीय र त्रिपुरासुन्दरी नगरपालिका ११ मुहुँ कै इरक बुढाकाे घाडा तृतीय भएकाे छ । जिल्लाका विभिन्न स्थानहरुबाट प्रतियोगितामा  सहभागी २६ वटा घाेडाले प्रतिस्पर्धा गरेका थिए । प्रथम भएकाे घाेडाले नगद रु ३१ हजार रुपैया, द्वितीय भएकाे घाेडाले नगद रु २१ हजार रुपैयाँ र तृतीय भएकाे घाेडाले नगद रु ११ हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन ।
 

प्रथम आएको घोडा र घोडा चालक
प्रथम भएको घोडा र घोडा चालक 

 

बि.सं२०६० साल देखि  नियमित रुपमा प्रजातन्त्र दिवसकाे अवसरमा घाेडा दाैड प्रतियोगिता हुँदै आईरहेकाे बुद्धिजीवी तथा पुर्व जिल्ला समन्वय समिति डाेल्पाका उपप्रमुख नर बहादुर बुढाले बताए । घाेडा दाैड प्रतियोगिता एक पर्व जस्तै भएकाेले यसलाई संरक्षण गर्नुपर्ने आबश्यक रहेकाे उन्ले बताए ।
 

घोडा दौडमा आएका जिल्लाभरका दर्शकहरु

सबै भन्दा धेरै मान्छेले चासाे राख्ने,हेर्नकाे लागि जम्मा हुने घाेडा दाैड प्रतियोगिता बिस्तारै लाेप हुँदै जानेहाेकी भन्ने चिन्ता लागेकाे मुल आयाेजक समितिका संयाेजक तथा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए । घाेडा दाैड गर्ने केही स्थान निजि भएकाेले त्यहाँ घर निर्माण भैसकेकाे र केही खेलमैदान भएकाे हुदा उक्त खेलमैदानमा पनि नयाँ रंगशाला निर्माण हुन लागेकाे हुदा आगामी दिनमा घाेडा दाैड प्रतियोगिताकाे लागि अर्काे स्थान खाेज्नु पर्ने आबश्यक रहेकाे जिसस प्रमुख राेकायाले बताए । याे सबैले मन पराएकाे परम्परागत पर्व जस्तै भएकाे हुदा संरक्षणमा सबै लाग्न उनले आग्रह गरेका छन । यस्तै पैसेरु नाच प्रतियोगिता, दाेहाेरी प्रतियोगिता लगाएतका कार्यक्रम संचालन गरिएकाे थियाे । 
 

घोडा दौडमा समन्वय प्रमुख श्याम रोकाया


 

Related News