सरोज थापा फाल्गुन २५ दुनै डोल्पा !
हिमालि जिल्ला डोल्पामा पहिलो पटक राहादानी दिएको छ ! जिल्ला प्राशासन कार्यलय डोल्पाले दुर्गम जिल्ला देखि राजधानी जान आउन र सजिलै पासपोर्ट ( राहादानी ) जिल्ला बाटै सहज तरिकाले एक महिनामै पाउने गरि पासपोर्ट दिएको छ !
बिहिबार प्रमुख जिल्ला अधिकारी भुमिश्वार पोख्रेलले जिल्ला प्रशासन कार्यलय डोल्पा बाट ठुली भेरी नगरपालिका १ का चन्द्र प्रकाश रोकाया र त्रिपुरासुन्दरि नगर पालिका ११ का गनेशमान पुन लाई पासपोर्ट (राहादानी ) बितरण गरेका हुन !
जिल्ला बाटै राहदानी पाउँदा पैसाको बचत , समयको बचत र सहज ,सरल हुने गनेशमान पुनले बताए ! जिल्ला बाट पहिलो पटक राहादानी पाउँदा दुबै जानाले खुसी व्यक्त गरे ! भने जिल्ला बाट राहादानी पाउँदा यहाका स्थानिय बासिन्दालाई सहज हुने जिल्ला प्राशाशन कार्यलय डोल्पाले जनाएको छ !




