सरोज थापा फाल्गुन २९ जुफाल डोल्पा ! कृषि शिक्षा, स्वास्थ्य , पर्यटन रोजगार र पुर्बाधार,समृद्ध ठुलिभेरी नगरपालिकाको मुल आधार भन्ने नाराका साथ १० औ हिउदे नगर सभाले भएको छ ! नगर सभामा बोल्दै वडा अध्यक्ष धुर्ब बिक्रम शाही ले थुलिभेरी नगरपालिका संघियताको मर्म प्रत्येक नागरिकको घर घरमा पुगेको आन्हास होस ! सुखी र समृद्ध नगरपालिका होस ! जनताको मर्म भावना आनुसार स्थानीय सरकार चलोस भन्दै शुभकामना दिए !
हिउदे नगर सभा शुभकामना मन्तव्य राख्दै समन्वय प्रमुख श्याम बहादुर रोकायाले हामी जिम्मेवार निकायमा पुगेका जनप्रतिनिधिहरु नेता बनेर हैन सेबक बनेर जनतहरुलाई आफ्नो काम कर्तव्य बाट सेवा प्रदान गर्नु हुन समेत आग्रह गरे !
कार्यक्रम मा बोल्दै नगर प्रमुख सुबर्ण कुमार बुढाले अबका दिनमा ठुलिभेरी नगरपालिका भित्र हरेक काम हर्दा जनताका आबश्यक्ता र माग अनुसार अगाडि जाने र जनताहरु लाई सेवा प्रदान गर्ने बताए ! अब ठुलिभेरीका जनताहरुका समस्या समाधान गर्नको लागिहामी सधै लडिरहने र लागि पर्ने बताए ! अब शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटनमा बिशेक जोड दिदै शिक्षाले नै सबै कुरा परिबर्तन गर्ने भएकोले विशेष गरि शिक्षामा जोड दिने बताए ! कर्मचारीहरुको हकमा काम।कर्तव्य र जिम्मेवार बनेर जनताहरुलाई सेवा दिनु हुन आग्रह गर्दै प्रमुख बुढाले काम कर्तव्य जिम्मेवार बहन।गर्न नसक्ने जो कुनै कर्मचारीहरु ठुलिभेरी बाट जान सक्ने बताए !
अब ठुलिभेरिको प्रत्येक वडामा आफ्नो कार्यकालमा बाटो र खानेपानी पुर्याउने नगर प्रमुख सुबर्ण कुमार बुढाले १० औ नगर सभामा बोल्दै सबै सामु प्रातिबद्द्ता गरेका छ्न !




