सरोज थापा Monday, 20 March 2023

एकीकृत बस्ती बिकास कार्यक्रम अध्यायनको लागि समन्वय प्रमुखको संयोजकत्वमा कार्यदल गठन !

 

सरोज थापा चैत्र ६ दुनै डोल्पा : डोल्पा जिल्लामा एकीकृत बस्ती बिकास कार्यक्रम अध्यन  तथा ब्यबस्थापनको लागि कार्यदल गठन भएको छ ! जिल्लामा भित्र एकीकृत बस्ती बिकास गर्ने उदेश्यका साथ कार्यक्रम संचालन तथा ब्यबस्थापन गरि भौगोलिक अबस्था बस्तु स्थिति तथा संरचना अध्यानको लागि जिल्ला समन्वय प्रमुख संयोजक रहने गरि कार्यदल गठन गरिएको छ !  

एक कार्यक्रम गरि जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाको संयोजकत्वमा एकीकृत बस्तीको संरचना अध्यायन तथा बबस्थापनको लागि कार्यादल गठन गरिएको हो ! कार्यदलका सदस्यहरुमा गाउपालिका अध्यक्षहरु , प्रमुख जिल्ला अधिकारी ,डिभिजन बन कार्यलय ,जिल्ला मालपोत कार्यलय ,नापी कार्यलय ,पुर्बाधार बिकास कार्यलय र जिल्ला समन्वय अधिकारी सदस्य सचिब रहेका छन ! संयोजक रोकायाले एकीकृत बस्तीको संरचना अध्यान र ब्यबस्थापनको लागि सबै आ आफ्नो ठाउबाट लाग्नु पर्ने भन्दै सरसल्लाह र सुझावको अपेक्षा रहेको बताउदै अब केही समयमा कामको थालनी हुने बताएका छ्न ! 

 

Related News