सरोज थापा चैत्र १७ डोल्पा ! हिमाली जिल्ला डाेल्पामा डियुटिमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएकाछन् । ईलाका प्रहरी कार्यालय काइगउँमा कार्यरत दैलेख जिल्ला नाैमुले गाउँपालिका घर भएका ४१ बर्षिया बरिस्ठ हवल्दार जाेशिराम रेग्मि जगदुल्ला नदिको कालिकाको बगर भेरि कुनाको खाेलामा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्ग पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पाैने छ बजेकाे समयमा बेपत्ता भएको र हाल सम्म खाेजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । डि एस पि बुढाथोकीका अनुसार बेपत्ता जाेशी नियमित गस्तीकालागि खटिएको र खाेजतलास गर्दा उनले बाेकेकाे झाेला मात्र भेटिएको बताए । उनले थपे पानी परेको र जाडोका कारण गोत्ताखोरलाई समेत गारो हुदा पानी भित्र हेर्न नसिएको बताए ! अझै खोजी कार्य तिब्र गरि उक्त घटना भए लगत्तै प्रहरी नायाव निरिक्षककाे नेतृत्वमा प्रहरीकाे टाेली घटनास्थलमा खोजी कार्यको लागि खटिएकाे र थप खोजी कार्यको लागि नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलि द्वारा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ !




