सरोज थापा बैसाख २२ डोल्पा । च्याङ्ग्राबाट आधुनिक विधिबाट भुवा निकाल्ने बारे डोल्पाका शे फोक्सुण्डो, छर्का ताम्साङ तथा डोल्पो बुद्द गाउँ पालिकाकाका च्याङ्ग्रा किसानहरूलाइ दुई दिने तालिम दिइयो।
युरोपियन युनियनको सहयोगमा सन्चालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग एवं नेपाल पश्मिना उद्योग सँघको संयोजनमा ती तालिम संचालन भएका हुन्। तालिममा सहभागी मध्ये तीनै गाउँ पालिकाबाट दुई दुई जनालाई स्थानीय प्रशिक्षकका रुपमा विकास गरिने इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमका परामर्शदाता तथा मास्टर ट्रेनर सिचन स्रेष्टले बताए।
शे फोक्सुण्डो गाउँ पालिकाका अध्यक्ष दावा गुरुङले च्याङ्ग्रा पालन मार्फत पश्मिना भुवा सङ्कलन र यसको बजार विस्तार गरी किसानको आम्दानी बढाउन यस्ता तालिम प्रभाव हुने बताउँदै आफ्नो गाउँ पालिकाले च्याङ्ग्रा भूवाको उत्पादन बढाउन किसानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिमका सहभागी लाइ च्याङ्ग्रा बाट भुवा निकाल्ने आधुनिक विधिबारे व्यवहारिक रुपमा प्रदर्शन गरी सिकाइएको थियो। तालिम पछि तीवटै गाउँ पालिकाकालाइ भुवा निकाल्ने आधुनिक लाइयो वितरण गरिएको थियो। पश्मिना उद्योग सँघका प्रतिनिधि कुमार खड्काले किसानले उत्पादन गरेको गुणस्तरीय भुवा खरिद गर्न व्यवसायीहरु तयार रहेको बताए।




