१० भदौ, बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।
यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् ।
| khkuyui | ||




