सरोज थापा बैशाख ३१ दुनै डोल्पा : डोल्पामा पनि प्रहरी सेवा प्रभाबकारी दिनको लागि नागरिक सहजकर्ता स्थापना गरिएको छ । कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्तर्गत प्रहरीका युनिटमा युनिटमा नागरिक सहजकर्ता स्थापना गरिएको हो । अब हरेक युनिटमा अब नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपिरक्षक शिब बुढाथोकिले जानकारी दिए । डिएसपी बुढाथोकिका अनुसार अब जिल्ला प्रहरी कार्यालयको मूलढोकामा वा प्रहरीको प्राङ्गणमा युनिफर्ममा रहेको सिपाही नागरिक सहजकर्ताका रूपमा खटीने छ र युनिफर्ममा रहेको प्रहरीले नागरिकलाइ सहयोगीको काम गर्ने बताए।
प्रहरी कार्यालयमा सेवा लिन आउने हरेक सेवाग्राहीले के-कति कामले आएका हुन्। सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रकृतिअनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको हो। प्रहरीकहाँ सेवा लिन आउदा बिचौलियाले नागरिकलाइ दुख दिने हुदा कोहि पनि त्यस्ता बिचौलियाहरुको चपेटामा नपरुन र जुन फाँट वा जुन ब्यक्तिलाइ भेट गर्न गनासो लिएर आएका हुन त्याहाँ सम्म सेवाग्राहिलाइ लिएर जान मद्धत ति युनिफर्ममा रहेका प्रहरी सिपाहिले गर्ने डिएसपी बुढाथोकिले जानकारी दिए ।
कर्णालीका दश वटै जिल्लामा पहिलोपटक प्रहरीले यसरी युनिटमा नागरिक सहजकर्ता स्थापना गरेर सेवा दिन थालेकाे हो। गाउँ तथा दुर्गम ठाउँका अशिक्षित व्यक्ति सेवाका लागि प्रहरी युनिटमा आएका बखत सहजै सेवा लिन पनि अनेकन दुख पाउने गरेकाले हरेक नागरिकलाइ कस्तो सेवाका लागि कुन ठाउँ जाने के गर्ने भनेर निकै अलमलमा परेका हुन्छन त्यस्ता सेवाग्राहीलाइ अलमलमा नपर्ने गरी सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरीको दावी रहेको छ ।




