सरोज थापा जेठ ३ डोल्पा ! पछिल्लो समय अबैध मानिने अफिमको स्थानीयले खेती गरेको गोप्पे सुचनाका आधारमा प्रहरीले अफिम नष्ट गरेको छ ! जिल्ला प्रहरी कार्यलय डोल्पा बाट प्रहरी निरीक्षक नवीन चापागाईको कमाण्डमा खटिएको २७ जनाको टोलिले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ भित्र पर्ने भु गाउँ भन्ने ठाउँमा १२ रोपनी र बैशाख २६ गते निरीक्षक चापागाईको कमाण्डमा खटिएको २९ जनाको प्रहरीले ल्हाँ गाउको एकान्त भन्ने स्थानमा १० रोपनी गरि दुई चरणमा २२ रोपनी लगाईएको अफिम फरानी गरि नष्ट गरिएको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर ५ भित्र पर्ने दुई स्थानमा दुई पटक खटिएको प्रहरीको टोलिले २२ रोपनीमा लगाईएको अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक ध्रुब बुढाथोकीले जानकारी दिए ।
डिएसपी बुढाथोकीका अनुसार अफिम खेती लगाईएको छ भन्ने गोप्पे सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय डोल्पा बाट खटिएको प्रहरी टोलिले अफिस खेती लगाईएको ठाउमै गएर नष्ट गरेको बताए ! अफिम कस्ले लगाएको भन्ने बारे सोद खोज तथा ठुलो परिमानमा लगाएको अफिम कस्ले लगाएको भन्ने अनुसाधान भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
डोल्पाका तल्लो भेगकका स्थानीयले लुकाइ छिपाइ अफिम खेती गर्ने गरेको थाहा हुन आएकोले थप अनुसन्धान भैरहेकोले दोषि भेटिए कानुन बमोजिम कार्बाही हुने प्रहरीको दावी रहेको छ । प्रहरीले ठुलो परिणाममा अफिम खेती फरानी गरेता पनि अहिलेसम्म कुनै पनि ब्यक्ति वा लगाउने मान्छेहरु फेला पार्न सकेको छैन !




