सरोज थापा असार २ दुनै डोल्पा ! जिल्ला प्रहरी कार्यलय डोल्पाले भेरी नदिमा रहेको फोहोर शनिबार सरसफाई गरेको छ ! डोल्पाका प्रहरी प्रमुख डिएसपि शिव बुढाथोकीको नेतृत्वमा शनिबार सरसफाइ गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ !
बिगत लामो समय देखि डोल्पाको सदरमुकाम दुनैमा भएर बग्ने भेरी नदि दुनै बजारको फोहोर ढल नाला र जथाभावी फालिने फोहोरले दुनै बजार भएर बग्ने भेरी नदि फोहोर र दुर्गन्धित रहेको छ ! पछिल्लो समयमा ठुलिभेरी नगरपालिकाले सरसफाई अभियाननै चलाएको छ ! पछिल्लो समयमा पटक पटक सरोकारवाला निकायाले सरसफाई गर्दै आएका छन ! शनिबार देखि भने जिल्ला प्रहरी डोल्पाले नियमित सरसफाइ सके जति प्रत्येक शनिबार गरिरहने प्रहरिले जनाएको छ !
बाताबरण सरसफाई हुनाले यहाँ भित्र रहने प्रत्येक नागरिक स्वास्थ रहने भएकोले दुनै भित्र बसोबास गर्ने आम नागरिक आ आफ्नो ठाउमा सरसफाई अभियानमा सहाभागी भएर सच्चा नागरिकको भुमिका निर्बाहा गर्नु पर्ने आबश्यक देखिन्छ !




