डाेल्पा- डाेल्पाकाे सदरमुकाम दुनै मजिकैकाे मेलसरामा २० औँ धान दिवस मनाईएकाे छ । कृषि बिकास कार्यालय डाेल्पाकाे आयाेजनामा "जलवायु अनुकूलित कृषि मैत्री प्रविधि,धान उत्पादनमा बृद्वि" भन्ने मुल नाराकाे साथ जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकाया,प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेल,जिसस उपप्रमुख तेजेन्द्र बुढा,सुरक्षा निकायका प्रमुख,विभिन्न कार्यालयका प्रमुख,किसानहरुकाे सहभागीमा २० औँ धान दिवस मनाईएकाे हाे ।
सरकारले असार १५ गते धान दिवस मनाउने घाेषणा गरेता पनि डाेल्पामा किसानले असार पहिलाे साता भित्रै धान राेप्ने हुनाले सबैकाे सल्लाह अनुसार असार ६ गते धान दिवस मनाईएकाे कृषि बिकास कार्यालय डाेल्पाकाे प्रमुख शरद लामाले बताउनुभयो ।
डाेल्पा हिमाली जिल्ला भएकाे हुदा कमै मात्रामा धान उत्पादन हुने गर्दछ। डाेल्पाकाे मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका भित्रका केही स्थानहरुमा किसानहरु धान खेती गर्ने गर्दछन।




