सरोज थापा Friday, 23 June 2023

असार १६ मा दिगाेपना पुर्ण खोप जिल्ला घाेषणा गरिदै

 

डाेल्पा- डाेल्पा जिल्लालाई असार १६ गते पूर्ण खाेप तथा दिगाेपना जिल्ला घाेषणा गरिने भएकाे छ । जिल्ला समन्वय समिति प्रमुख समेत रहेका  जिल्ला खाेप समन्वय समिति डाेल्पाका अध्यक्ष श्याम बहादुर राेकायाकाे अध्यक्षतामा विभिन्न सराेकारवाला निकाय प्रतिनिधिहरुकाे सहभागीतामा शुक्रबार  बसेकाे बैठकले डाेल्पा जिल्ला लाई असार १६ गते पूर्ण खाेप तथा दिगाेपना जिल्ला घाेषणा गर्ने निर्णय गरेकाे छ ।

डाेल्पाका ८ वटै स्थानीय तहमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिका अनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर पूर्ण खाेप तथा  दिगाेपना पालिका घाेषणा भैसकेका छन् । यहीँ असार ७ गते पुर्ण खाेप जिल्ला घाेषणा गर्ने तयारी भएतापनि  याे मितिमा गाउँ तथा नगर सभाहरु हुने भएकाे कारण असार १६ गते पुर्ण खाेप जिल्ला घाेषणा गर्ने निर्णय भएकाे स्वास्थ्य सेवा कार्यालय डाेल्पाका कार्यालय प्रमुख डाक्टर रत्न वीर सुनारले जानकारी दिनुभयो ।

Related News