लेख बुढा,डाेल्पा - कर्णाली प्रदेश सरकारकाे भैंसी प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषक समुहका सदस्यहरुलाई भैंसी वितरण गरिएको छ । आर्थिक बर्ष २०७९/०८० पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पा र ठुलीभेरी नगरपालिका वडा नं.२ लाेचाकाे तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाकाे साझेदारीमा सहकारी संस्थाका सदस्यहरुलाई वितरण गर्ने गरि भैंसी हस्तान्तरण गरिएकाे हाे ।
मंगलबार एक कार्यक्रम गरि जिल्ला प्रशासन कार्यालय डाेल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेल,जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकी, नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागीतामा पशु सेवा कार्यालय डाेल्पाले १० वटा ठुला भैंसी र ८ वटा साना पारा पारी गरेर जम्मा १८ वटा तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थालाई हस्तान्तरण गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पाकाे रु १२ लाख र तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाकाे रु ३ लाख रुपैयाँमा ढुवानी,दाना,घाँस,आतेजाते सहित भैंसी खरिद गरिएकाे हाे । भैंसी प्रवर्द्धन कार्यक्रम अन्तरगत सहकारी संस्थाका सदस्यहरुले आफै जाजरकोट र रुकुमका विभिन्न स्थानहरुबाट भैंसी खरिद गरि ल्याएकाे पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पाका निमित्त प्रमुख जर बहादुर भक्रीले बताउनुभयो ।
तामाखानी कृषि तथा पशुपंक्षी शहकारी संस्थाका १० जना सदस्यमा ५ जना भैंसी पालन गरेका र ५ जना भैंसी पालन गर्न ईच्छुक सदस्यहरुलाई भैंसी प्रदान गरिने ठुलीभेरी नगरपालिका ३ लाेचाका वडा अध्यक्ष कमल बहादुर क्षेत्रीले बताउनुभयो ।सहकारी संस्थाका सदस्य तथा कृषकहरुकाे सहमतिमा गाेलाप्रथाकाे माध्यमबाट अनुकुल समय मिलाएर भैंसी वितरण गरिने वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । भैंसी वितरण पछि आगामी दिनमा भैंसी प्राप्त गरेका कृषकहरुले केकस्ताे गरि भैंसी पालपाेषण गरेका छन भनी निरन्तर वडाले निगरानी गर्ने उहाँले बताउनुभएको छ ।
ठुलीभेरी नगरपालिका वडा नं. २ लाेचा सदरमुकाम दुनै बजार देखि नजिक रहेकाे हुदा भैंसी पालनबाट बजारका उपभोक्ताहरुले दुधकाे मात्र सहजै पाउने र स्थानीय कृषककाे आम्दानी राम्राे हुने विश्वास रहेकाे तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाले जनाएको छ ।




