डोल्पा – कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले गैह्र सांसदलाई मन्त्री बनाउने संका रहेको कर्णाली प्रदेश सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री उर्मिला विश्वकर्माले बताईन ! जिल्ला समन्वय समिति डोल्पाले आयोजना गरेको जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा संबोधन गर्दै असार मसान्तमा डोल्पा पुगेकि मन्त्री विश्वकर्माले पार्टीले गैह्र सांसदलाई मन्त्री बनाउने खेल खेलिरहेको आरोप लगाईन ।
मन्त्री बिस्वाकर्माले थप्दै माओवादी केन्द्रले अघिल्लो सरकारको पालामा पनि गैह्र सांसदलाई मन्त्री बनाएको आरोप लगादै मन्त्री विश्वकर्माले केहि समय पछि आफु मन्त्रीमा रहिरहने विश्वास नरहेको बताउदै मन्त्रालयको जिम्मा पाए देखि सवै क्षेत्रलाई समेटेर काम गरेको दावी गररिन । पार्टीले जतिबेला पनि बोलाउने भएको हुदा पार्टीले खटाएको खण्डमा जहाँ पनि जान तयार रहेको मन्त्री विश्वकर्माले बताईन । यस भन्दा अघि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा गैह्र सांसदलाई मन्त्री बनाएको बन्दै आलोचना गरिन भने आफू इलेक्ट्रेट नभएर सेलेस्ट्रेट भएको अभिव्यक्ति दिईन !
पैदल डोल्पा पुगेकी मन्त्री त्रीपुरा सुन्दरिको नगर सभा र बार्षिक समिक्षा गोष्टिमा सहभागी भएर दुई दिनमै कर्णाली प्रदेशको राजधानी फर्किएकी छन ! यी भन्दा केही समय अगाडि सरकारले बजेट ल्याए सङ्गै दुई मन्त्री डोल्पा पुगेर फर्किएका थिए भने मन्त्री बिस्वाकर्मा दोस्रो पटक डोल्पा पुगेर फर्किएकी हुन !




