सरोज थापा Thursday, 10 August 2023

शे–फोक्सुन्डो रा.नि. र रामवाण गुल्मको संयुक्त सुरक्षा जाँच पोस्ट उद्घाटन

२०८० साउन २५ डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र रामवाण गुल्म सुलिगाडले संयूक्त रुपमा निर्माण गरेको संयूक्त सुरक्षा जाँच काउन्टर उद्घाटन गरिएको छ । विहिवार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीको अध्यक्षता संचालन भएको एक कार्यक्रमका विच जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले औपचारिक उद्घाटन गरेका हुन ।

निकुञ्जको समग्र सुरक्षाको हिसावले र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेशको लागि एकद्धार प्रणाली लागु गर्नको लागि सुलिर्गाड भिम पुल नजिक संयूक्त सुरक्षा जाँच काउन्टर निर्माण गरि संचालनमा ल्याईएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताए । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले वन र वन्यजन्तु संरक्षणमा विभिन्न समुदायमा समुह,क्लव जस्ता सामुहिक समुह बनाई स्थानीय जनता संग समन्वय गरेर संरक्षणका गतिविधि गरिरहेको अधिकृत भण्डारीले बताएका छन । सदरमुकाम दुनै देखि छार्काताङसोङ,डोल्पोबुद्ध हुदै प्रवेश गर्ने पर्यटकहरु सुलिर्गाड नपुगी आवतजावत गर्ने हुनाले आगामी दिनमा सुलिगार्ड भिम पुल नजिकैको संयूक्त सुरक्षा जाँच काउन्टरबाट पर्यटक प्रवेश अनुमती दिईने छ । संयूक्त सुरक्षा जाँच काउन्टरले आन्तरीक रुटमा संचालन हुने यातायात तथा स्थानीयलाई दुख दिईने नियतले नबनाएको हुदा दुविधा नहुन पनि अधिकृत भण्डारीले आग्रह गरेका थिए ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षण कार्यमा अनवरत रुपमा नेपाली सेनाले काम गरिरहेको रामवाण गुल्म सुलिगार्ड डोल्पाका गुल्मपती मेजर धुव्र कार्कीले बताए । निकुञ्जको संरक्षण संगै आन्तरिक तथा बाह्रय पर्यटकबाट संकलन चुहावट रोक्नको लागि निकुञ्ज र नेपालीले सेनाले समन्वयमा व्यवस्थीत गर्दै लैजाने गुल्मपती कार्कीले बताएका छन ।

प्राकृतिक सम्पदा र लोप उन्मुख वन्यजन्तुको संरक्षण संगै नागरिकको सहजताको लागि संयूक्त जाँच काउन्टरले मुख्य भुकिका खेल्ने विश्वास रहेको ठुलीभेरी नगरपालिका डोल्पाका नगर प्रमुख शुर्वण कुमार बुढाले बताए । आन्तरीक आवतजावतमा नजिकैको दुरीमा चेकजाँच हुदा दुनै त्रिपुराकोट सडक खण्डमा अनआवश्यक टाईम बर्बाद हुने गरेको जनगुनासो आएकोले मुख्य नाका बाहेक अन्य ठाउँ चेकपोष्ट आवश्यक नरहेको नगर प्रमुख बुढाले बताए ।

निकुञ्जले मुख्य नाकामा संचालन गरेको संयुक्त जाँच काउन्टरले जिल्लाको सुरक्षा स्थीती र पर्यटकको तथ्यांक संकलनमा थप सहयोग पुग्ने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।

संयूक्त जाँच काउन्टरले गर्दा स्थानीय नागरिकलाई आगामी दिनमा असर नपुग्ने गरि नागरिक मैत्री सेवा प्रवाह गर्न जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले आग्रह गरेका छन । दुनै,जुफाल,त्रिपुराकोट सडक खण्डमा नजिकै दुरीमा ठाउँठाउँमा चेकजाँच हुदा नागरिकलाई असहज भएको गुनासो आएको हुदा जिल्लाका सवै निकायलाई नागरिकले सहज भएको अनुभव गर्ने गरि सेवा प्रवाह गर्न प्रमुख रोकायाले आग्रह गरेका छन।

आन्तरिक तथा बाह्रय पर्यटक र स्थानीय नागरिकलाई सहज हुने गरि संरक्षण र राजश्व संकलनका गतिविधि गर्न नेपाल पत्रकार महासंघ डोल्पाका संस्थापक अध्यक्ष तथा डोल्पाका बारिष्ठ पत्रकार विष्णुप्रसाद देवकोटाले आग्रह गरेका छन । सुलिगार्ड भिम पुल नजिक स्थापना भएको संयूक्त जाँच काउन्टरले पर्यटकलाई प्रवेश अनुमती लिन र कुन ठाउँ कसरी जाने भन्ने जानकारी दिन सजिलो हुने विश्वास रहेको देवकोटाले बताए ।

डोल्पा जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०४० सालमा भएको हो । यो नेपालको सवैभन्दा ठुलो राष्ट्यि निकुञ्ज हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गरे वापत नेपाली पर्यटकले रु १००। , सार्क राष्ट्का पर्यटकले रु १५००। र अन्य देशका विदेशी पर्यटकले रु ३०००। रुपैया प्रवेश शुल्क तिर्नु पर्ने हुन्छ ।

Related News