सरोज थापा Tuesday, 15 August 2023

सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ डाेल्पा द्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


डाेल्पा। सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ डाेल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ केन्द्रीय सदस्य मनराज एडीकाे नेतृत्वमा केन्द्रीय सर्कुलर अनुसार साेमबार डाेल्पामा पनि ज्ञापनपत्र बुझाएका हुन। 


मन्त्रीपरिषदमा विचाराधीन रहेकाे विधालय शिक्षा सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेकाे विधेयक स्थानीय स्तरमा विधालय संचालन गरिरहेका विधालय व्यवस्थापन समितिहरुकाे छाता संगठन सामुदायिक विधालय व्यवस्थापन समिति राष्ट्रिय महासंघ संग कुनैपनि छलफल  र परामर्श विना तयार गरेकाे विधेयक मस्यौदामा त्रुटि रहेकाे भन्दै ज्ञापनपत्र बुझाएकाे हाे। 


संघीय शिक्षा ऐनमा सामुदायिक बिधालय लेख्नु पर्ने,विधालय व्यवस्थापन समितिमा अभिभावक हुनुपर्छ र अभिभावक भेलाबाट विव्यस गठनकाे प्रबन्ध राख्नुपर्ने,जनप्रतिनिधि र प्रधानाध्यापक जस्तै विव्यस समितिकाे पदावधि पाँच बर्ष हुनुपर्ने,प्रधानाध्यापक छनाैट गर्दा विव्यस काे निर्णायक सहभागीता हुनुपर्ने,सामुदायिक विधालय व्यवस्थापन समिति महासंघकाे भुमिकालाई संघीय शिक्षा ऐनमा व्यवस्था गरिनुपर्ने लगाएतका मागहरु प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई हस्तान्तरण गरेका हुन ।

Related News