सरोज थापा Tuesday, 15 August 2023

भेरिमा हाम फालेका एक जनाको प्रहरी द्वारा उद्धार


डाेल्पा । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ बस्ने बर्ष ३५ का हरी केसीलाई  नेपाल प्रहरीले उद्दार गरेकाे छ । साेमबार राति अन्दाजी ११: ५५ तिर निजकाे श्रीमती संग सामान्य झैझगडा हुदा निज हरी केसी म भेरी नदिमा हाम फाली मर्छु भनी भागेकाे टेलिफोन मार्फत सुचना पाउना साथ भेरी नदिबाट प्रहरीले उद्दार गरेकाे हाे ।


प्रहरी बरिस्ठ हवल्दार बल बहादुर भण्डारीकाे कमान्डमा खटिएको ५ जना प्रहरीले निज हरी केसीलाई भेरी नदिमा खाेजतलास गर्दा भेरी नदिमा हाम फाली ५० मिटर तल बगिरहेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिएका छन । निज केसीलाई नदिकाे किनारामा लगाई जिवितै उद्वार गरि त्रिपुराकाेट स्वास्थ्य चाैकीमा उपचार गरि त्रिपुराकाेट ल्याईएकाे र निजकाे स्वस्थ्य अवस्था सामान्य रहेकाे प्रहरी प्रमुख बुढाथोकीले बताए ।

Related News