मुड्केचुला : डोल्पाको मुड्केचुला गाउपालिकामा दलित मुक्ति मोर्चाको नेतृत्वमा गजेन्द्र परियार ( उद्द्भ ) सर्बसम्मत भएका छ्न । नेपाल दलित मुक्ती मोर्चाको मुड्केचुला गाउपालिका को प्रथम भेलाले गजेन्द्र परियार उद्द्भलाई नेतृत्व प्रदान गरेको हो । भेलाले परियारको नेतृत्व मा २९ सदस्यीय पालिकाको मोर्चा गठन भएको अध्यक्ष परियारले बताए !
नयाँ जिम्मेवारी पाए सङ्गै आफू जिम्मेवारी पुर्बक दलितका हक अधिकारका लागि सधै तल्लिन रहने र लागि पर्ने र कुनै पनि दलित अन्याय र अत्याचारमा परेको खण्डमा न्याएको लागि आवाज उठाउने,पिडित दलिलको लागि खम्बा बनेर जाने बताए ! उनले भने आफुले सके जति दलित मुक्ती र जातिय बिभेद तथा न्यायका लागि सदै लागि पर्ने , समाजिम सेवामा लागिरहने प्रतिबद्धता गरेका छ्न !




