सरोज थापा Thursday, 31 August 2023

डोल्पाको पर्यटकीय क्षेत्र फोक्सुन्डो ताल लगाएत अबरुद्ध बाटोहरु खुले



 सरोज थापा भाद्र १४ डोल्पा ।  पर्यटकहरुकाे मुख्य राेजाइमा पर्ने फाेक्सुण्डाे ताल लगाएत डोल्पाका पर्टकिय क्षेत्रकाे पैदलमार्ग खुलेकाे छ । केहि हप्ता पहिले देखि परेकाे अविरल बर्षाकाे कारण  सुलिगार्ड देखि फाेक्सुण्डाे ताल सम्म  विभिन्न स्थानहरुमा बाटाे अबरुद्ध भएकाे थियाे । बर्षाले ठाउँठाउँमा बाटाे र पुल भत्काउदा स्थानीय बासिन्दा,हाेटल तथा पसल ब्यबसायी र पर्यटकहरुलाई आवतजावतमा समस्या भएकाे थियाे । शे फाेक्सुण्डाे गाउँपालिका वडा नं. ८ मा पर्ने सुलिगार्ड देखि फाेक्सुण्डाे ताल सम्मकाे विभिन्न ठाउँमा बर्षातले भत्किएको पैदलमार्ग पुनःनिर्माण कार्य सम्पन्न भएकाेले आन्तरिक पर्यटक,बाहिय पर्यटक र सर्बसाधारण लाई आवाज जावतमा सहज भएको  शे फाेक्सुण्डाे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष निमा लामाले बताए । वडाकाे पहलमा सुलिगार्ड देखि फाेक्सुण्डाे तालमा अबरुद्ध बाटाेहरु मर्मतसम्भार भैसकेको हुदा ढुक्कसँग फाेक्सुण्डाे ताल आउन सबैलाई वडा अध्यक्ष लामाले आग्रह समेत गरे । 

बर्षातले गर्दा अबरुद्ध फाेक्सुण्डाे ताल सम्मकाे पैदलमार्ग मर्मतसम्भार तथा पुनः निर्माणकार्य भैसकेको हुदा फाेक्सुण्डाेकाे यात्रा गर्नको लागि सम्पूर्ण पर्यटकहरुलाइ, अहज भएको पर्यटन व्यवसायी नाेर्वु लामाले आग्रह गरे । लामाले थपे फाेक्सुण्डाे ताल जाने बाटाे भत्किएको होला भन्ने डर त्रास हटाएर ढुक्क सङ्ग आउन समेत जानकारीका साथ आग्रह गरे । अझै भने अबरुद्ध पैदलमार्ग खुलेसंगै स्थानीय बासिन्दा,स्थानीय ब्यबसायीहरुले खुसी ब्यक्त गरेकाे लामाले बताए । 
सुलिगार्ड देखि फाेक्सुण्डाे ताल सम्मकाे पैदलमार्ग माथिल्लो डाेल्पाका विभिन्न पर्यटकीय स्थानहरुमा जाने मुख्य प्रवेशद्वारकाे रुपमा मानिन्छ । केही साता अघिकाे बर्षातले बाटाे अबरुद्ध हुदा आन्तरिक तथा बाह्रय पर्यटकहरुकाे आवतजावत ठप्प भएकाे थियाे । 

अबरुद्ध बर्षाले भत्किएको बाटो खुले सङ्गै अहिले आन्तरिक पर्यटन दिन प्रतिदिन आउन थालेको सुरक्षा चेक जाँच प्रहरी पोष्ट खदाङ्ग डोल्पाले जनाएको छ । जिल्ला भित्रने र बाहिरिने यात्रु र सर्बसाधारण सुरक्षाको लागि नेपाल प्रहरीको पोस्ट त्रिपूरा सुन्दरी नगरपालिलाको खदाङ्ग्मा रहेको छ । फाेक्सुण्डाे ताल लगाएत माथिल्लो डाेल्पा भदौ र असाेज महिनामा हरियाली हुने हावापानीले साथ दिने हुनाले याे समय धेरै पर्यटकहरु भित्रने उपयुक्त रहेको छ । 

Related News