सरोज थापा भदौ १५ डाेल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं. २ मा बस्ने एक १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । १३ बर्षिया बालिका बलात्कार घटनामा संलग्न रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका वडा नं. ६ बस्ने २१ वर्षीय चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपित बोहोरालाई यहि भदौ १४ गते बिहीबार साँझ प्रहरीले पक्राउ गरेकाे हाे । ट्याक्टर चालक समेत रहेका बाेहाेराले मुड्केचुला गाउँपालिका देखि त्रिपुरासुन्दरी नगरपालिका १ मा आफ्नाे मामाकाे घर आएकाे समयमा त्रिपुराकाेट बजारमा रहेकाे एक हाेटलमा लिएर यहि भदाै १२ गते राति १० बजे ललाइ फकाइ गरि उक्त बालिकालाई बलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
बलात्कार गरि फरार रहेकाे चिरञ्जीवी बाेहाेरालाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेकाे र १५ दिन काे म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ।
डाेल्पामा पछिल्लो समय दिनप्रतिदिन जबर्जस्ती करणीका घटना बाहिरिएका छन । यस्ता खाले अपराधीक घटनाहरु न्युनिकरण गर्नकाे लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गर्न आबश्यक रहेको नागरिक अगुवाहरुले चिन्ता गरेका छ्न ।