डोल्पामा नयाँ तालको पहिचान
सरोज थापा भाद्र १७ डोल्पा :
समुन्द्र सतह देखि ४ हजार १ सय मिटर उचाईमा अबस्थीत डोल्पो बुद्ध गाउँपालिकाको वडा नः६ फालगाउँको हिमालमा नयाँ तालको पहिचान गरिएको छ । जसलाई स्थानिय बासीहरुले पहिले देखि कुन्ख्येन फालक नामले चिनछन । यो ताल नेपाल र चिनको सिमा नजिक रहेको डोल्पो बुद्ध गाउपालिका वडा नम्बर ६ फाल गाउँ क्षेत्र भित्र अवस्थित रहेको वडा अध्यक्षले दाबी गरेका छ्न ।
डोल्पो बुद्ध गाउपालिकाको वडा नम्बर ६ मा पर्ने फाल गाउका वडा अध्यक्ष नुर्बु गुरुङ र डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पेमा दोर्जे गुरुङ्गको पहलमा स्थानीयहरुको सहयोगमा तालको उचाई मापन गर्दा आफू सङ्ग भएको जिपियसले ५१९० मिटर उचाई देखाएको वडा अध्यक्ष गुरुङ्ग्ले फोनमा दाबी गरे ।
अध्यक्ष गुरुङ्गले भने यो ताल पहिले देखि थाहा भए पनि अहिलेसम्म जो कोहि सजिलै जान सक्ने हिक्मत हुन्थेन । त्येहा जादा चीन र नेपालको उच्च चिसो र हिमालमा बसोबास गर्ने हिमाली जनावर हेर्दा भालु जस्तो देखिने खैरो खैरो रंङ्गको जनावरको डरले कोहि जादैनथे । यो जनावर लाई यहाको भाषामा छुक्टे भनेर चिनिने गरिएको छ । शनिबार मात्र गाउपालिका उपाध्यक्ष ,वडा अध्यक्ष र अन्य १७ जनाको स्थानीय ठूलो टिम फाल गाउँ बाट ३/४ घन्टा पैदल हिने पछि मात्र ताल भएको स्थानमा पुगेर फर्केको बताए ।
स्थानिय नजप्रतिनिधिहरुके यो ताल मापन गराउन र नेपालकै उचाईमा रहेको ताल प्रमाणित गर्न सम्बन्धित सरोकार वाला निकायहरुलाई अग्रह गरेका छ्न । स्थानीयका गुरुङ्ग्का अनुसार अगाडि देखि स्थानिय बासिन्दाहरुले याक , घोडा , भेडा च्याङ्ग्रा चढाउन जादा थाहा भए पछि केही स्थानियहरुले यो ताल पहिले देखि अवस्थित रहेको स्थानीयलाई थाहा भएता पनि आधिकारिक मापन भने अहिले सम्म कसैबाट गरिएको छैन ।