Saroj Thapa Sunday, 3 September 2023

माओवादीले गर्‍यो सरसफाइका साथ ३ महिने अभियान सुरु ।


सरोज थापा / भाद्र १७ डोल्पा । माओवादी केन्द्र डोल्पाले शनिबार  डोल्पाको सदरमुकाम दुनै बजार सरसफाइ गरि जिल्लाभर तीन महीने अभियान शुरु एकै साथ गरेको छ । 
डोल्पाका आठ ओटै स्थानिय तहमा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान एकै साथ कार्यक्रम गरि माओवादी केन्द्र डोल्पाले शनिबार भव्य रुपमा तिन महीने अभियानको शुरु गरेको जिल्ला पार्टी सचिब दत्त बहादुर शाहिले बताए । 

सचिब शाहिका अनुसार डोल्पा मात्र नभई आज देश भरिकै ७५३ वटै स्थानीय तहमा माओवादी पार्टीकाे यो अभियानको सुरुवात  प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरेका र माओवादी पार्टीको केन्द्रीय निर्णय अनुसार डोल्पा जिल्लाको लागि राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टको ईन्चार्जमा शुभारम्भ गरिएको जानकारी दिए ।

यो अभियानले डोल्पा जिल्लामा माओबादी प्रतिको जन लहर उत्साहित देखिएको छ । शनिबार डोल्पाको शदरमुकाम दुनैमा दुनै बजार कालिका मनदिर देखि सन्तोषी माताको मन्दिर सम्म सरसफाइ गरि फोहोर नगर्न समेत आग्रह गरेका थिए  

।सरसफाइ कार्यक्रममा कर्णाली प्रदेशका जल श्रोत तथा उर्जा मन्त्री उर्मिला बिश्वकर्मा लगाएत ठुलिभेरी नगरपालिका भित्रका नेता कार्यकर्ताहरुको सहभागीता मा संयुक्त सरसफाइ गरिएको थियो ।

डोल्पाको सदरमुकाम दुनै लगाएत डोल्पाको मुड्केचुला ,जगदुल्ला , छार्काताङ्सोङ , काइके , फोक्सुण्डो , डोल्पोबुद्द गाउँपालिका त्रिपुरासुन्दरी नगरपालिका  र ठुली भेरि नगरपालिकामा गरेर जिल्लाभर एकै साथ अभियान सुरु गरिएको माओवादी केंद्र डोल्पाले जनाएको छ । 

जिल्लाभरको कार्यक्रम बाट विभिन्न पार्टी परित्याग गरि पार्टी प्रबेश गरेको माओवादी केन्द्र डोल्पाले जनाएको छ ।