सरोज थापा Wednesday, 6 September 2023

डोल्पामा श्रीकृष्ण जन्माष्टमी मेला सम्पन्न


विष्णुप्रशाद देवकोटा भाद्र २० त्रिपुराकोट । श्रीकृष्ण जन्माष्टमीको अवसरमा डोल्पास्थित आद्यशक्ति श्रीवालात्रिपुरासुन्दरी भगवतीको मन्दिरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।प्रत्येक वर्ष झै यो वर्ष पनि त्रिपुरा सांस्कृतिक तथा सामुदायिक विकास समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित श्रीवालात्रिपुरासुन्दरी भगवतीको मन्दिरमा विहानै पुजाआजा तथा दर्शनका साथै मेला भर्न भक्तालु दर्शनार्थीहरुको घुइचो लागेको थियो ।भगवान श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमीको रुपमा मनाउने चलन डोल्पामा छ । मन्दिर प्राङ्गण गडिचौरमा मन्दिरका पुजारी देविकृष्ण उपाध्यायले श्रीकृष्णको जन्माष्टमीको महिमागानका बारेमा प्रवचन दिएर श्रीकृष्ण जन्माष्टमी मेलाको शुभारम्भ गर्नु भएको थियो ।

मन्दिरका पुजारी तथा सांस्कृतिक समितिका कलाकारले भगवतीनाच  रोपाई जात्रा गाईजात्रा लगायत श्रीकृष्णको लिला प्रस्तुत गर्नु भएको थियो ।यसका साथै समाजमा ब्याप्त अन्धविश्वास जातियविभेद बालयौनहिंसा महिलाहिंसा लगायत विकास निर्माणमा भइरहेको भरष्टचारको विरुद्धमा सन्देशमुलक नाटक कमिक समेत प्रस्तुत गरिएको थियो ।मन्दिरमा मेला भर्न टाढा टाढाबाट मानिसहरुको सहभागिा रहेको थियो । 

फोटो क्याप्सन –भगवती नाच  गाइजात्रा लगायत श्रीकृष्ण र कंस लगायत को नाच प्रस्तुत गर्दै कलाकारहरु ।
Related News