सरोज थापा भाद्र २० दुनै डोल्पा ।
सामुदायिक प्रहरी र जिल्ला प्रहरी कार्यलय डोल्पाको आयोजनामा मानव बेच बिखन विरुद्धको राष्ट्रिय दिवसको अबसरमा सामाजिक न्याय र आर्थिक शशक्तिकरण : मानव बेचबिखनको निर्मुल भन्ने मुल नाराका साथ डोल्पाको दुनै बजार र्याली गरिएको छ । दुनै बजार परिक्रमा गरि जिल्ला समन्वय को हलमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक न्याय र आर्थिक सशक्तिकरण: मानव वेचविखनको निर्मूलन भन्ने नारासहित मानव वेचविखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवस बुधबार प्रभातफेरी कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य उदेश्य मानव बेच बिखन र बालविवाह रोकथाम गर्न हो । जसमा न्याय सम्पादन, न्यायिक प्रक्रियामा छिटो, सरल र सस्तो, झन्झटिलो रहित न्यायमा कसरी पहुँच सुनिश्चित गर्न सहजीकरणको लागि पुलको रुपमा काम गर्नको लागि सबै उत्तिकै जिम्मेवार भएको समन्वय प्रमुख श्याम बहादुर रोकाएले उल्लेख गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलका अनुसार नेपाल बाट मानव बेचबिखन १२ हजार बैदेसिक रोजगारी,७ हजार बयस्क मनोरञ्जन ३ हजार निकृष्ट बाल श्रामका लागि बेचबिखनमा परेको गरि जम्मा ३५ हजार
गत बर्ष बेचबिखनमा गरिएका नेपालिहरुको अनुमानि संख्या रहेको बताए भने १५ लाख अझै जोखिममा रहेको मानव अधिकार आयोगको तथ्यांकके देखाएको जानकारी गरे । १२ लाख बराबर ग्रामीणका किशोरीहरु १३ देखि १९ बर्षका बढी जोखिम रहेको मानव अधिकारको तथ्यांकले देखाएको बताए ।
अन्तरकृया कार्यक्रममा बाल विवाह र बेच बिखन न्युनिकरण को लागि सामाजिक बहिष्कार लगाएतका बिसयमा विभिन्न बहस गरिएको थियो । पछिल्लो समयमा सोसल मिडियाले बढी प्रभाब पारेको र यस्लाई न्यूनीकरण गर्नको लागि जिम्मेवार निकाय संघ,सस्था,स्थानिय सरकार र सरोकारवाका सबैले चासो र नियन्त्रण गर्नु पर्ने दायित्व रहेको अन्तरकृया कार्यक्रममा व्यापक छलफल गरेर कार्यक्रम सम्पन्न भएको छ । भने कार्यक्रम मा सरकारी गैर सरकारी संघ सस्था नागरिक समाज र सरोकारवाला सबैको सहभागिता रहेको थियो ।