लेख बुढा,डोल्पा । डोल्पाको बन्ठाडामा इतिहास बोकेको च्योमु छोर्तेन चितुम रामनाई मन्दिरको उद्घाटन गरिएको छ । काईके गाउँपालिका वडा नं. ६ मा पर्ने बन्ठाडा च्योमु छोर्तेन चितुम रामनाईको अध्यक्ष पंच रोकायाको अध्यक्षतामा प्रमुख लामा नाम्दा लामाको प्रमुख आतिथ्यतामा काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाको विशेष अतिथिमा विभिन्न व्यक्तीहरुको सहभागीतामा च्योमु छोर्तेन चितुम रामनाई विधिवद्रुमा उद्घाटन गरिएको हो ।

च्योमु छोर्तेन चितुम रामनाई उद्घानट समारोहको अवसरमा विधि साँस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बालचन्द्र बराल र गायीका अमृता लामिछाने र स्थानीय कलाकारहरुले विभिन्न सांगेतिक कोशेली प्रस्तुत गरेर मनोरन्जन दिएका थिए भने विभिन्न कलाकार विच चर्काचर्की रुपमा दोहोरी गाएका थिए । स्थानीय सांकृतिक कार्यक्रम सहित सुनको औठी,घोडा,चाँदीको दियो लगाएतका ६० प्रकारका वस्तु उपलब्ध गराउने गरि चिठ्ठा खोल्ने, खुल्ला भलिबल प्रतियोगीता लगाएतका कार्यक्रम सेडुल अनुसार संचालन हुने बन्ठाडा च्योमु छोर्तेन चितुम रामनाई समितिका अध्यक्ष पंच रोकायाले बताए ।
हजारौ बर्ष पहिले निर्माण भएको च्योमु छोर्तेन चितुम रामनाईले स्थानीयलाई विभिन्न दुख कष्ट् परेको खण्डमा रक्षा गर्ने स्थानीयको विश्वास रहेको छ । हजारौ बर्ष पहिले निर्माण गरिएको च्योमु छोर्तेन चितुम रामनाई जिर्ण बन्दै गएपछि विभिन्न निकायको स्रोतबाट च्योमु छोर्तेन चितुम रामनाई पुन निर्माण गरि विधिवद् रुपमा प्रमुख लामा द्धारा पुजा गरि उद्घाटन गरिएको काईके गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र रोकायाले बताए ।
स्थानीय सरकारले आन्तरीक स्रोत र बाह्रय स्रोतबाट काईके गाउँपालिका भित्रका धार्मिक तथा साँकृतिक सम्पदाको संरक्षण र पुन निर्माण गरिरहेको र आगामी दिनमा विशेष प्रथामिक्ता दिने काईके गाउँपालिका डोल्पाका अध्यक्ष अंगद कुमार रानाले बताए । धार्मिक सम्पदाहरु स्थानीयका आस्था संगै यसले पर्यटन प्रवद्धनमा टेवा पुर्याउने भएकोले पनि संरक्षणमा सवैले जोड दिनुपर्ने अध्यक्ष रानाले बताए । विभिन्न निकायमा पहल भैरहेकोले आगामी एक बर्ष भित्र काईके यातायात,संचार,विधुत लगाएतका संजालमा जोइन हुने अध्यक्ष रानाले स्थानीयलाई बचन दिएका छन ।