सरोज थापा Tuesday, 12 September 2023

बेपत्ता मेजरको सब१६ दिनपछि भेरिनदिको किनारमा फेला



पोष्ट मार्टमको लागि सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा ल्याइदै
 

सरोज थापा डोल्पा,भदौ २६ गते ।

सोह्र दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरीनदिमा शब फेला परेको छ ।त्रिपुरासुन्दरी नगरपालिका ५ अन्र्तगत पर्ने करबगाडस्थित चिन्ढेबगर नजिक भेरीनदिको किनारमा मेजर पण्डितको मृत शब फेला परेको हो ।भेरीनदिमा माछा मार्न जालखेल्दै जानेक्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी ५ का परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित भेरीनदीको किनारमा लाश देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए ।दुईओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको वाँया हातमा घडि र दायँ हातको कान्छी औलामा औठी देखेपछि आफुले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको सिबमल सार्कीले बताउनु भयो ।

सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले ििजल्ला प्रहरी कार्यालयमा खवर गरेलग्त्रै प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको कमाण्डमा उद्धार सामाग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शब फेला परेको चिण्ढेबगरमा पुगेको थियो ।प्रनाउ शिबबुढाथोकीको टोली पुगेको केहि समयपछि रामबाण गुल्मका गुल्मपती ध्रुब्र कार्कीको टोली समेत शब प्राप्त ठाउँमा पुगेपछि भेरीनदिको किनारमा ढुङ्गाको खोचमा रहेको शब बाहिर निकालेर सम्पुर्ण तरिकाबाट हेर्दा र मेजर पण्डितकले लगाएका घडि औठीबाट शब बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले बताउनु भयो ।शब फेला परेको ठाउँबाटै प्रत्यक्ष दर्शि लगायतका स्थानीयहरु समेतको उपस्थितीमा फेला परेको शबको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको पनि प्रहरी प्रमुख बुढाथोकीले बताउनु भयो ।शब पहिचानको लागि मेजर पण्डितका दाज्यु कुमार पण्डित समेत घटनास्थलमा पुग्नु भएको थियो ।काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेवाट बेपत्ता भएका थिए ।
Related News