सरोज थापा असोज १४ दुनै डोल्पा ।
सुचना संचार त प्रविधिमैत्री संगठन निर्माण बिषयक अभिमुखिकरण कार्यक्रम डोल्पाको दुनैमा सम्पन्न भएको छ ।
आईसीसी फोरन नेपाल जिल्ला संगठन डोल्पाको आयोजनामा जिल्ला संयोजक अनुराग क्षेत्रिको संयोजकत्वमा डोल्पाको सदरमुकाम दुनैमा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय सदस्य युबराज आचार्यले नेकपा माओवादी को अभियान र पार्टीको नीति र कार्यक्रमलाई प्रभावकरि तरिकाले लिन तथा पुर्णता दिनको लागि यो आईसीसी फोरम नेपाल जिल्ला संगठन डोल्पा गठन भएको बताउनु भयो ।
प्रदेश कमिटी कोषाध्यक्ष माल बहादुर रोकाया र जिल्ला पार्टी संयोजक धर्मजित बोहोराको विशेष उपस्थितिमा र जिल्लाका नेता कार्यकताको सकृय सहभागीतामा कार्यक्रम सम्पन्न भएको आईसिटी फोरम नेपालका जिल्ला संयोजक अनुराग क्षेत्रिले जानकारी दिनुभयो ।