सरोज थापा Tuesday, 10 October 2023

डोल्पाको छार्का भोटमा ४ हजार भन्दा धेरै चौरीगाईलाइ लम्पी स्किन खोप लगाइयो ।



सम्बादाता असोज २३,डोल्पा  : छार्का ताङसोङ गाउँपालिकाको छार्छाभोटम  लगाएत गाउँपालिका भरिका सबै वडामा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाएको छ ।  छार्का ताङसोङ गाउँपालिकाको वडा नं १ छार्का भोट, वडा नं २ पुङ्गा र ठिमेर, वडा नं ३ ढाडगाउँ र ढुकोट, वडा नं ५ तेराङ, घेराङ र पिम्री र वडा नं ६ शेरी र मुकोट गरी कुल ४ हाजर ४ सय ८९  याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएकाे प्रमुख प्रशासकिय अधिकृत अम्मर राज सेजावालले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत सेजुवालका अनुसार  यहि असोज ५ गतेदेखि १५ गते सम्म सबै वडाका  याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध पोग लगाएकाे  बताए ।

करिब दुई साता सम्म हरेक वडामा रहेका याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएर रोग नियन्त्रणको काममा निरन्तर रुपमा गाउँपालिकाका पशु प्राविधिक सहायक देव नारायण भट्टराई सहितको टोली निरन्तर काममा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नागरिकको घरघरमा पशु प्राविधिक सहायक देव नारायण भट्टराई  पशु नायब प्राविधिक सहायक भुज बहादुर बुढा र सहयोगी विष्णुचन्द्र धराला सहितको टोली खटिएर खोप लगाएको हो । यसका साथै ६ वटै वडामा  पशुधनीहरुलाई पशु चौंपायाहरुलाई लाग्ने रोगहरुको बारेमा अभिमुखीकरण पनि गरिएको प्रमुख प्रशासकिय अधिकृत सेजुवालले जानकारी दिए । याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप (भ्याक्सिन) खरिद र ढुवानी गाउँपालिकाले गरेको र कोल्डचेन व्यवस्थापनको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले सहयोग गरेको छार्का ताङसोङ गाउँपालिकाले जानकारी दिएको छ ।