कान्जिरोवापोष्ट
सरोज थापा पौष ११ दुनै डोल्पा । गए राती गाउँ जाँदै गर्दा भिरालो बाटो बाट लडेर एक जनाको मृत्यु भएको छ । दुनै सदरमुकाम देखि नजिकै रहेको तिप्ला गाउमा राती करिब साढे ८ बजेको समयमा भिरालो बाटो राती गाउँ जादा बाटो बाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका डियसपि शिव बुढाथोकिले जानकारी दिए ।
डियसपी बिढाथोकिका अनुसार स्थायी घर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर घर भई हाल डोल्पाको सदरमुकाममा बस्दै आएका बर्ष २८ का काबिर अन्सारीको तिप्ला जाने क्रममा भिर बाटो बाट लडि मृत्यु भएको प्रहरीले बताएको छ । अन्सारी दुनै र आसपासका गाउघरमा गएर काठको काम गर्दै आएको प्रराम्भिक अनुसन्धानमा थाहा भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
गए राती लडेर मृत्यु भएको अन्सारिको ल्हास रातीनै घटना स्थल बाट जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले बताएको छ ।