सरोज थापा Friday, 5 January 2024

माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक सम्पन्न



कान्जिरोवापोष्ट 

 सरोज थापा पौष २० दुनै डोल्पा । घर घरमा माओवादी जन जनमा माओवादी , जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक डोल्पाको दुनैमा शुक्रबार सम्पन्न गरिएको छ । बिशेश रुपान्तरण अभियान समग्रमा राम्रो भएको तर अझै सशक्त रुपले नेतृत्व लाग्नु पर्ने बताएका छ्न । कार्यक्रम मा बोल्दै रास्ट्रीय सभा सदस्य /केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नर बहादुर बिष्टले माथिल्लो डोल्पामा ठूलो बजार ब्यबस्थापन गरि सारा मान्छे आउने बताबरण बनाउन लागि पर्ने तथा रारा देखि फोक्सुन्डो ताल हुँदै मुस्ताङ्ग को लागि हिमाली लोक मार्गको बिकास गर्न पार्टि लागि परेको बताए । 

कार्यक्रमका प्रमुख अतिथी तथा स्थाई कमिटी सदस्य  काली बहादुर मल्लले यो पार्टिको अभियान भनेको सामन्य भासामा आफ्नो अनुहार जनता सामु देखाएर जनताहरुले अनुहारमा देखाएर लागेका दागहरु तेहि पखालेर आएको र अझै बाकी रहेका दागहरुलाई सफा गर्नु पर्ने भन्दै नेता कार्यकर्ताहरुलाई निर्देशन गरे । स्थाई कमिटी सदस्य मल्लले थप्दै भने पार्टिको पुर्ब लडाकु युद्द लडेको हु भनेर पार्टिको नेतृत्व गर्न नसक्ने अबस्थामा नया युवा जस्ले पार्टिको नेतृत्व गर्न सक्ने जस्ले डोल्पाली जनता पार्टी र संगठनको हितमा सबैलाई समेट्न सक्ने खालको युवा आए नेतृत्व सुम्पने कार्यक्रममा बताए । भने समग्रमा रुपान्तरण अभियान सफल भएको र अझै सशक्त रुपमा नेतृत्वलाई लाग्न अनुरोध गरे । 

समिक्षा कार्यक्रमको सभा अध्यक्ष जिल्ला पार्टी संयोजक धर्म जित बोहोरा ( विस्फोट ) प्रमुख अतिथी स्थाई कमिटी सदस्य काली बहादुर मल्ल अतिथिहरुमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नर बहादुर बिष्ट केन्दिय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ढक वीर राणा, केन्द्रीय सदस्य काली चलाउने ,केन्द्रिय सदस्य  युबराज आचार्य र प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री वीर बहादुर शाही अतिथिका रुपमा उपस्थित भएका थिए । 

जिल्ला पार्टी सचिब दत्त शाहिले संचालन गर्नु भएको समिक्षा कार्यक्रममा  कर्णाली प्रदेसका शीर्ष नेताहरु र डोल्पा जिल्लाभरका नेता कार्यकर्ताहरुको उल्लेखनीय  सहभागीतमा डोल्पाको दुनैमा समिक्षा बैठक भेला सम्पन्न गरिएको पार्टी सचिब शाहिले बताउनु भयो ।  रुपान्तरण अभियानमा उल्लेखनीय भुमिका खेल्ने इन्चार्ज र अभियान नेतृत्वहरुलाई जिल्ला पार्टिले सोही कार्यक्रम मा सम्मन पत्र दिदै खाता राईका लगाई सम्मान गरेको छ । 

Related News