सरोज थापा Wednesday, 17 January 2024

लासिक्याप-सिशाेल सडक निर्माण गर्न संसद बुढाको पहल


कान्जिरोवापोष्ट 

माघ ३ गते बुधबार २०८० डोल्पा ।

नेपाली सेनाद्वारा काम सुरु गर्नकाे लागि पहल गर्दै बुढाकाे भेटघाट  तीब्र 

डाेल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले भेरीकरिडाेर अन्तरगत पर्ने लासिक्याप देखि सिशाेल सम्मकाे सडक खण्ड नेपाली सेना द्वारा निर्माण कार्य सुरु गर्नुपर्छ भन्दै विभिन्न निकायमा दवाब दिन थालेका छन । 

भेरीकरीडाेर भित्र पर्ने दुनै देखि लासिक्याप सम्म सडक निर्माणकार्यकाे लागि टेन्डर खुलेर काम भैरहेको र लासिक्याप देखि सिशाेल सम्मकाे ३३ किलोमिटर कडा चट्टान भएकाे हुदा उक्त स्थानमा नेपाली सेना मार्फत तत्काल काम सुचारु गर्न सांसद बुढाले विभिन्न निकायका ब्यक्तिहरु संग भेटघाट तथा समन्वय गर्न थालेका छन । 

बुधबार सडक बिभागका डि.जि . सुशील बाबू ढकाल, भेरीकरीडाेरका डिभिजन इन्जिनियर सुजन अधिकारी,नेपाली सेनाका कर्णेल बिश्वबन्धु पहाडी, डाेल्पाेबुद्व गाउँपालिका अध्यक्ष कार्मा छाेईबेल गुरुङ , उपाध्यक्ष पेम्मा दाेर्जे गुरुङ संग संसद बुढाले संयुक्त भेटघाट गरेका छन । संयुक्त भेटघाटमा लासिक्याप देखि सिशाेल सम्मकाे ३३ किलोमिटर सडक नेपाली सेना मार्फत काम सुरु गर्ने र त्यसकाे लागि सबै निकायमा आबश्यक प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल भएकाे प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाकाे सचिवालयले जनाएको छ।
Related News