बिद्यालय भवन भित्रको नगत सहित आधा करोड भन्दा बढिको क्षेती ।
सरोज थापा माघ २१ डोल्पा ।
डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. २ मा रहेको
जगदुल्ला गाउँपालिका काईगाउँमा रहेकाे श्री त्रिपुरा माध्यामिक बिधालयकाे प्रशासनिक भवन एक्कसी बिजुलिको लाईन सट भएर जलेको छ । उक्त भवनमा रहेको पुस्तकालय, स्टाेर काेठा सहितकाे दुई तले भबन जलेर पुर्ण रूपमा नष्ट भयकाे छ । आगलागीमा नगत २,४२,००० रकम सहित भबन भित्र भएका महत्त्वपूर्ण कागजात, शैक्षिक सामग्री, ईलाेक्ट्राेिनिक सामाग्रीहरु, सि सि क्यामारा कम्प्युटरहरु लगायत अन्य महत्त्वपूर्ण सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भयकाे प्रत्येक्ष दर्सी सबिना बोहोराले बताइन । भौतिक रूपमा धेरै नै क्षेति भएको र मानबिय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी शिव बुढाथोकीका अनुसार अन्दाजी ६० लाख भन्दा बडिको क्षेती भएको प्रारम्भिक रिपोर्ट आएको बताए ।
आगलागी हुँदै गर्दा प्रत्येक्ष आगो निभाउन लागि परेका रामचन्द्र बस्नेत भस्कर बस्नेत भन्छन आगलागी भएको भवन पुर्ण रुपमा जलेर नष्ट भएको छ । सबैले आगो निबाउन धेरै कोसिस गर्दा पनि निभाउन नसको बताए । अहिलेसम्म के कति क्षति भएको एकिङ्ग गर्न नसकिएको तर मोटामोटि बिध्यलयको प्रशासनिक भवन भित्र रहेका सबै सरसमान कागजपत्र र भौतिक सामग्रीहरु सबै जलेको बताए उनले थपे केही बाकी नरहेको र सोमबार मात्र प्रहरिको मुचुल्का हुने भएकोले पनि एकिङ्ग गर्न नसकेको बताए ।
जगदुल्ला गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसी(पाण्डे) का अनुसार केहि बर्ष पहिले निर्माण गरिएको भवनबाट केही काेठामा प्रशासनिक कार्य गरिदै आएकाे थियाे भने केही काेठा हाेस्टेलकाे रुपमा प्रयाेग गरिदै आइएकाे थियाे । बिधालयका अनुसार बिधुतकाे तार सर्ट हुदा आगलागी भएकाे अधिकृत जैसीले बताए । उनले भने" आगलागी भएकाे विधालय भवन भित्र प्रशासनिक कागजात, बालबालिकाका शैक्षिक प्रमाणपत्र,जन्म दर्ता,केही राजश्व संकलन भएकाे रकम रहेकाे भन्ने बुझिएकाे छ । शैक्षिक मन्दिरमा भएकाे एक्कासी दुखद घटनाले जगदुल्ला बासी शाेकमा रहेकाे छ। याे दुखद घडीमा साथ सहयाेग गर्न प्रमुख प्रशासकीय अधिकृत जैसीले सबै निकायलाई आग्रह गरेका छन ।
त्रिपुरा माबिमा हिउँदे कक्षा पठनपाठनकाे लागि साेही स्थानमा रहेका बिधार्थी प्रत्यक्ष दर्शी पारस शाहीले भने" बाहिर बाट तालाचापी लगाएकाे भवन भित्रबाट एक्कासी दनदनी आगाेकाे मुस्लाे आउदा हामीले केही गर्न सकिनाै । वरपरका मान्छेलाई खवर गर्याै आगाे निभाउदा निभाउदै सबै जलेर खरानी भयाे।
आगलागीबाट बिधालय भवन सहित कागजात पुर्णरुपमा नष्ट भएकाे छ। बि.सं. २०२४ सालमा स्थापना भएकाे त्रिपुरा माध्यमिक बिधालयमा हाल कक्षा १२ सम्म साधारण तथा प्राबिधिक धार तर्फकाे अध्ययन अध्यापन भैरहेकाे छ।
फोटो श्रोत : रामचन्द्र बस्नेत ( भाष्कर ) साइकल यात्री