सरोज थापा Monday, 5 February 2024

ल्यासिक्याप धो सडक सेनाले जिम्मादिने उपप्रधानमन्त्री खड्काको आश्वासन

 कान्जीरोवापोष्ट 

टेक शाही २३,माघ  
काठमाडौ : डोल्पाको ल्यासिक्याप धो सडक खण्डको सडक निर्माणको लागि डोल्पाका नेताहरु निरन्तर पहलमा लागि रहेको छन । सोमबार पुर्ब पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्कालाई भेटेर ल्यासिक्या धो सडक निर्माण नेपाली सेनालाई दिन माग गरेका हुन । ल्यासिक्याप धो सडक खण्डको करिब ३३ किलोमीटर भु-भाग कडा चट्टान भएकोले निर्माण हुन सकेको छैन । 

डोल्पोबुद्द गाउपालिकाका जनप्रतिनिधि काईके गाउँपालिकाका जनप्रतिनिधिको ठूलो टोलि लिएर डोल्पाका सासद एबम पुर्ब पर्यटन राज्यमन्त्री धन बहादुर बुढा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य कर्ण बहादुर बुढा सहित उपप्रधान तथा रक्षा मन्त्रीकहाँ पुगेका हुन । भेटमा उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले ल्यासिक्याप धो सडकको कडा चट्टान भएको बाकी खण्ड नेपाली सेनालाई जिम्मा दिनेमा आफू पुर्ण रूपमा साथ दिने र उक्त सडक सेनाले मात्रै निर्माण सम्पन्न गर्न सक्ने भएकोले अब सेनाले जिम्मा लिने गरि प्रक्रियामा जाने बिश्वास दिलाएको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य कर्ण बहादुर बुढाले जानकारी दिए ।

उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले डोल्पाको टोलिकै भेट्मा भौतिक मन्त्रालय र नेपाली सेनाका प्रमुख सङ्ग समन्वय गरेर ल्यासिक्याप धो सडक सेनाले निर्माणमा जिम्मा लिन्छ सबै सकारात्मक रहेको भनी बिस्वस्त हुन भनेकोमा खुसी रहेको पुर्ब पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले बताए । बुढाले भने ल्यासिक्याप धो सडक खण्डको ३३ किलोमिटर खण्ड निकै कडा चट्टान भएको ले माथिल्लो डोल्पाका नागरिकले पाएको दुखमा आफुलाइ निकै पीडा हुने भएकोले निरन्तर उक्त सडक निर्माणका लागि पहल गरिरहेको जानकारी दिए । उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्कालाई भेटन डोल्पोबुद्द र काइके गाउँपालिकाका जनप्रतिनिधि सम्पुर्ण गएर दुखेसो सुनाएका थिए ।
Related News