सरोज थापा Tuesday, 6 February 2024

डोल्पामा उत्कृष्ट सेवा प्रबाह गर्ने लेखा अधिकृत सम्मानित ।


कान्जिरोवापोष्ट 

सरोज थापा माघ २३ डोल्पा ।

फाेक्सुण्डाे मिडियाले लेखा अधिकृत तथा खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यलय डोल्पाका लेखा अधिकृत हस्त बहादुर बुढालाई  सम्मान गरेको छ । फोक्सुन्डो मिडिया एण्ड म्युजिक प्रा.लि. (www.phoksundokhabar.com) का सम्पादक लेख बुढाले बार्षिक उत्सवकाे अवसरमा विभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाई डोल्पामा सेवा प्रबाह र डोल्पालि जनतहरुको हितमा काम गरेको भन्दै ३ जनालाई छनौट समेत गरिएको हो । 

मंगलबार डोल्पाको सदरमुकाम दुनैमा एक कार्यक्रम गरि लेखा अधिकृत बुढालाई सम्मान गरिएको छ । लेखा अधिकृत बुढाले डोल्पामा भए देखि सेवा प्रभाह हरु जनताहरुको हित अनुकुल काम गरेकोले छनौट गरि सम्मन गरेको सम्पादक लेख बुढाले बताए । सम्पादक बुढाका अनुसार छनौटमा पुर्व पर्यटन राज्यमन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य माननीय  श्री धन बहादुर बुढा र पर्यटन व्यवसायी श्री जितेन्द्र झाक्री मगर लाई " फाेक्सुण्डाे मिडिया एण्ड म्युजिक सम्मान २०८०" प्रदान गर्ने निर्णय गरेकाे भएता पनि छनौट भएका बक्तित्वहरु समय र कार्य ब्यस्तताका कारण जिल्ला बाहिर भएकोले उहाहरु डोल्पा आउने बित्तिकै सम्मन गर्ने बताए ।

सम्मानित भएका लेखा अधिकृत बुढा भन्छन आफू सम्मानित हुदा झनै हौसला र थप जिम्मेवार बनाएकोले अब नीति नियम भित्र रहेर जागिर भन्दा सेवाको रुपमा जागिरलाई लिएर जनताहरुको सेवा प्रबाह प्रबाहमा कुनै पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्द्ता गरे । 
Related News