कान्जिरोवापोष्ट
सरोज थापा माघ २४ डोल्पा ।
कर्णाली प्रदेश सरकारले डोल्पाका २ वटा मोटेरबल पुल को लागि बजेट सुनिश्चितता गरेको छ । डोल्पाका जगदुल्ला गाउपालिका वडा नम्बर ४ चिल्लिखेरा भन्ने स्थान र ठुली भेरी नगरपालिका दुनैको जिल्ला अस्पताल जोड्ने बेलिबृजको बजेट सुनिश्चितता भएको जानकारी पुर्न मन्त्री तथा कर्णाली प्रदेश माननीय वीर बहादुर शाहिले जानकारी दिनुभयो ।
माननीय शाहिका आनुसार जगदुल्ला गाउपालिका वडा नम्बर ४ को चिल्ली भन्ने स्थानको बेलिबृजको लागि २ करोड ९७ लाख बजेट र दुनै बजार देखि जिल्ला स्वास्थ्य कार्यलयको लागि ५ करोड ८८ लाख ९४ हजार रुपैया बजेट कर्णाली प्रदेशले बजेट बिनियिजन गरेको प्रदेश माननीय शाहिले बताउनु भएको छ ।
डोल्पामा दुई वटा बेलि बृज निर्माणका लागि प्रदेश माननीय वीर बहादुर शाही , पुर्बाधार कार्यलय प्रमुख इन्जिनियर नवीन थापा , जिल्ला स्वास्थ्य कार्यलय डोल्पाका अध्यक्ष कमल शाहिको पहल भएको श्रोतले जानकारी दिएको छ । जिल्ला अष्पताल र चिल्लिखेरा मा बेलिबृज बन्ने भए पछि डोल्पाली जनताहरु खुसी भएका छन भने जिल्ला अष्पताल मा जाने बिरामिले पाउने सास्ती कम हुने देखिएको छ ।