सरोज थापा Sunday, 17 March 2024

बालेन शैलि प्रयोग गर्दै त्रिपुरासुन्दरि नगरपालिका मेयर रोकाया


 
कन्जिरोवापोस्ट 

सरोज थपा चैत्र  ४ डोल्पा ।

बालेन शैलिमा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले काम गरेको छ । त्रिपुराकोट बजार देखि नगरपालिकाको कार्यलय र त्रिपुराकोट देखि मसिना चौर विमान स्थल सम्म निर्माण कम्पनिले जिम्मा लागि काम गरिरहेको छ । तत्काल बजार र नगरपालिका सम्मको बाटो पिच गर्ने भएकोले नगरपालिकाले माप दण्ड भित्र पर्ने घर जग्गामा डोजर चलाएको नगरपालिकाले जनाएको छ । 

त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका मेयर जुन चन्द्र रोकायाले बालेन शैलिमा त्रिपुराकोट बजार देखि माई भगवती माताको मन्दिर र बजार देखि नगरपालिका को कार्यलय सम्म डोजर लगाएर ८ मिटर चौडा बाटो खनेको नगरपालिका मेयर रोकायाले बताए । 

नगरपालिकाले सहमती सहकार्य गराई , पुर्ब जानकारी गराई , सुचना प्रकाशित गरेर रित पुर्‍याएर डोजर चलाएको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले जनाएको छ । धेरै पटक सहमती गर्दा पनि केही ब्यक्तीले मोटर बाटो निर्माण कार्यमा पटक पटक अबरोध गर्दा जिल्ला स्तर बाट अमिन सहितको टोलि ल्याई नाप जाँच गरि मोटर बाटो र ब्यक्तिका घर जग्गा मापन गरि नियम पुर्बक छोड्नु पर्ने बाटो केही ब्यक्तिले नदिई अबरोध गर्दा नगर प्रहरी र नेपाल प्रहरी प्रयोग गरि शुक्रवार डोजर चलाईएको त्रिपूरा सुन्दरी नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख सहित जिम्मेवार ब्यक्तिहरुले दिनभरिको छलफल पछि समजदारी र सम्जौता गर्दा पनि काममा अबरोध तथा डोजरमाथी ढुङ्गामुडा भए पछि बल प्रयोग  गरेर भएनी काम संचालन गरेको नगरपालिकाले बताएको छ । यसरी बिकासको गतिलाई रोक्न खोज्ने छेक्न खोज्ने जो कोहिलाई रित पुर्बक निमम संगत अबका कामकाजहरु गर्ने गराउने नगर प्रमुख रोकायाले बताउनु भएको छ । 

Related News