सरोज थापा Thursday, 28 March 2024

नेपाली सेना द्वारा डोल्पामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


कान्जिरोवापोष्ट 

सरोज थापा चैत्र १५ डोल्पा ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ मा पर्ने रसिको गुम्बा गाउमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि रहेको रामवाण गुल्म सुलिगार्डले त्रिपुरासुन्दरी नगरपालिका मा रहेको दुर्गम रसीको गुम्बा गाउँमा बुधबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । 

नेपाली सेना उत्तर पश्चिम पृतना सुर्खेत र जुम्ला बाहिनीको लक्ष्य अनुरुप चिकित्सक सहितको स्वास्य शिबिर संचालन गरेको रामबाण गुल्मका सेनानी विज्ञान बिष्टले जनाए । सेनानी बिष्टका अनुसार  सैनिक र नागरिक बिच समन्वय बडाउन पनि शिविर आयोजना गरिएको र यसमा जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि र एक जना स्वास्थ्यकर्मि सहितको सहयोग रहेको बताए ।

शिविरबाट १०२ जना पुरुष र ११६ जना महिला गरेर २ सय १८ जनाले निशुल्क स्वास्थ्य सेवा पाएको नेपाली सेनाले जनाएको छ । दुर्गम गाउँमा औषधि सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरि धेरै भन्दा धेरैले सेवा पाएकोले स्थानीय बासिन्दा र उपस्थित सबैले नेपाली सेनालाइ धन्यबाद दिएका छन । निकुञ्जको संरक्षित क्षेत्र भित्र पर्ने रसिको डाडागाउ, माझगाउ र गुम्बाका गाउलेमान्छेहरुको लागि सेनाको बिभाग बाटै चिकित्सकको टोली बोलाएर पहिलो पटक निशुल्क स्वास्थ्य शिविर चलाएको सेनाले बताएको छ । 

दुर्गम गाउँमै शिविर संचालन गरिए पछि अशक्त,अपाङ्गा , बृद्ध गरिव विपन्न नागरिकले निशुल्क सेवा लिएकोले टसी रोम्जे गुम्बाका प्रमुख लामा निमा लामाले खुसी व्यक्त गर्दै सेनालाई धन्यवाद दिए । उक्त संचालित निशुल्क स्वास्थ शिबिर कार्यक्रममा नगर प्रमुख जुनचन्द्र रोकाय, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल लगाएत जिल्लाका सुरक्षा प्रमुखहरुको र संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।
Related News