सरोज थापा Friday, 29 March 2024

डोल्पामा हुने बाह्र बर्षको फरकमा हुने शे मेलाको पत्रकार सम्मेलन सङ्गै समय तालिका सार्बजनिक ।



 कान्जिरोवापोष्ट 

 चैत्र १६ डोल्पा  ! दुनै : ६७‍ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेलाबारे पहिलो पटक दुनैमा पत्रकार सम्मेलन गरिएको छ । बाह्र बर्षमा हुने यो महत्वपूर्ण मेला बारे शुक्रबार डोल्पा सदरमुकाम दुनैमा पत्रकार सम्मेलन गरेर मेलाबारे सार्वजानीक गरिएको हो । शे-फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ को शेल गुम्बामा २०८१ भाद्र १६ देखी १९ गतेसम्म ४ दिन बाह्र बर्षे मेला लाग्ने भएको छ । बौद्ध धर्मालम्बीहरुले अति महत्वपूर्ण र ठुलो तिर्थस्थलका रुपमा पनि लिने गरेको पाईन्छ । शेल रिवो डुग्ड्रा शे मेला भोट बर्मेली बौद्ध पात्रो अनुसार १२ बर्षमा एक पटक लाग्ने डोल्पाको सबैभन्दा ठुलो र महत्वपूर्ण मेला हो । यो मेलामा शेल रिवो डुग्ड्रा पर्वत (कृष्टल माउण्टेन) को परिक्रमा गर्ने अर्थात (कोरा) घुम्ने गरिन्छ । 

शेल रिवो डुग्ड्रा पर्वत (क्रष्टल माउण्टेन) को परिक्रमा गर्ने अर्थात (कोरा) घुम्न शक्तिले भ्याए सम्म परिक्रमा गरेमा पुण्य प्राप्त हुने धार्मिक बिश्वा पनि रहेको छ । शेल रिवो डुग्ड्रा पर्वत (कृष्टल माउण्टेन) को धार्मिक ढोका खुलाउन जिक्तेन गोम्पो रिन्छेन पल (११४-१२२७) का शिष्य तपश्वी ड्रुपतोप सिंगे यिशेको सम्मान स्वरुप यो मेला बाह्र बर्षमा मनाउने गरिन्छ । यो पर्वत ज्ञान पर्वतको वासस्थान जस्तै हो यहाँ निल गगनमा हिम सिंहको गित गुञ्जीरहन्छ । स्फटिकले बनेको स्तुप जस्तै स्वच्छ छ भने धर्मधातु बुद्धि मनको क्षेत्र हो जहाँ तिनजराहरु शान्तिमय र क्रोधित देवताहरुको वास छ । सबै सदगुणको स्रोत हो र असाधारण प्रतिनिधित्वहरुले भरिएको छ भने प्राणिहरुको मुक्तिदिने निवास हो भनेर तपश्वी ड्रुपतोप सिंगे यिशेले भनेका थिए । 

बौद्ध धर्मालम्बी अर्थात तिब्तियन पात्रो अनुसार ड्रायगन बर्षमा कोरा घुम्ने वा पर्वत परिक्रमा गर्ने गरिन्छ । यहि बर्षलाई बिषेश मानेर डोल्पो समुदायले पवित्र बर्ष मानेर मेला मनाउने गरेका छन । पछिल्लो समय ६६औँ १२ बर्षे मेला २०१२ मा मनाइएको थियो । "दर्शन शेल रिवो डुग्ड्राको बिश्वास शान्तिको "भने मुल मन्त्रका साथ ६७ औँ १२ बर्षे मेला २०८१ भाद्र १६ देखी १९ सम्म मेला गरिदैछ । यो मेलाले डोल्पा जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताको पहिचन सम्मान र संरक्षण सहअस्तित्व हुनेछ । पुरातात्वीक र सांस्कृतिक सम्पदाको अन्तराष्ट्रियस्तरमा प्रचारप्रशार हुनेछ भने पर्यटनको बिकाससँगै डोल्पालई बिश्वसामु चिनाउन महत्वपूर्ण भुमिका रहने बिश्वास गरिएको छ । 

यो बाह्र बर्षे मेलामा धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको प्रत्यक्ष अवलोकन गर्न पाइनेछ । फोक्सुण्डो ताल,चारताल,फोक्सुण्डो झरणा,रिवो वुम्पा गुम्बा,शेल गुम्बा,चाखाङ गुम्बा,शे साम्लिङ गुम्बा,नाम्दो फोला पुजा,थासुङ छोलुङ गुम्बा,याङ्जेर गुम्बा,रापमार नाम्सुम लगायत बिभिन्न प्राचिन गुम्बा मुर्तिहरु,स्तुपाहरु,घङ चेन्रल्वा,घङ नर्बु,घङ ताइका,शे ला,छोया ला,काङ्ग ला,जस्ता सुन्दर हिमाल पनि अवलोकन गर्न पाइनेछ । यो मेलाले डोल्पोको प्राकृतिक,धार्मिक र सांस्कृतिक सौन्दर्यताको बिश्वसामु नौलो पहिचान गरि पर्यटन बिकास र प्रबर्द्धनमा महत्वपुर्ण अवसर समेत हुनेछ । 

सताब्दी पुराना सांस्कृतिक धार्मिक सम्पदाको अन्तराष्ट्रियस्तरसम्म प्रचार प्रशार हुनेछ भने स्थानीय कला सांस्कृतिक गित नृत्यको समेत प्रचारप्रशार हुनेछ । डोल्पोलाइ नेपालको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा चिनाइ आन्तरिक तथा बाह्रय पर्यटन भित्र्याएर स्थानीयको आयस्तरमा समेत थप बृद्धि हुनेछ । मेलामा शेल रिवो डुग्ड्राको परिक्रमा गरिनेछ भने उच्च ओहोदाका लामा गुरुहरुबाट पुजा तथा दर्शन समेत हुनेछ । बिभिन्न गुम्बाहरुबाट मुखौटा नाच गाउँहरुबाट सांस्कृतिक नाच प्रस्तुत हुनेछन भने घोडादौड हस्तकला प्रदर्शन चित्रकला प्रदर्शन राजनितिक तथा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका बौद्धिक ब्यक्तिहरुसंग अन्तरक्रिया समेत गरिनेछ । 

मेलाको पहिलो दिन प्रधानमन्त्रीको उपस्थितिमा  धर्मगुरुहरु र अन्य अतिथिहरुको उपस्थितिमा मेला उद्धघाटन हुने छ ।  भने १७ गते शेल्री डुग्ड्रा परिक्रमा गरि धर्मगुरुहरुबाट फोवा उपदेश अर्पन स्थानीय खाना नृत्य अनुष्ठान र पहिरणको प्रदर्शनी हुनेछ । १८ गते बिभिन्न धर्मगुरुहरुको धार्मिक प्रवचन जिवनउपयोगि प्रशिक्षण स्वास्थ्य शिविर घोडादौड तीरंदाजी हुनेछ भने मेलाको अन्तिम दिन १९ गते धर्मगुरुबाट जिवन शक्तिकरण अभिषेक पुजा समापन हुने बाह्र बर्षे मेला प्रचारप्रशार उप समितिका संयोजक पेमावाङछेन गुरुङ्गले पत्रकार सम्मेलनमा जानकारी गराए । 

गुरुङ्गका अनुसार जिल्लाका मन्त्री सांसद माननीय सबैलाई अनिवार्य रुपमा आमन्त्रण गरिएको र डोल्पकै महत्वपुर्ण मेला भएकोले कोहि नछुटेर आउनेमा बिश्वस्त रहेको बताए । जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारीलाइ मेलामा सहभागिता जनाउन आग्रह गरे भने सुरक्षाको ब्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिसंग छलफल निरन्तर भइ रहेको समेत गुरुङ्गले पत्रकार सम्मेलनमा जानकारी गराए । ६७‍ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेलाको आयोजकमा शे-फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका रहेकाछन भने सह आयोजकमा जिल्लाका २ नगरपालिका र ३ गाउँपालिका पनि रहेका छन । यो मेलामा कोरा घुम्नको लागि देश भित्रका मात्रै हेन तिब्तबाट समेत बौद्धधर्मालम्बीहरु आउने गरेकाछन । जिल्लामा पहिलोपटक गरिएको पत्रकार सम्मेलन प्रदेश हुदै केन्द्र सम्म पुगेर पत्रकार सम्मेलन गरि शे मेलामा आमन्त्रण गर्ने ६७‍ औँ बाह्र बर्षे शेल्री डुग्ड्रा मेला मुल आयोजक समितिको लक्ष्य रहेको छ । 
Related News