सरोज थापा Saturday, 30 March 2024

डोल्पामा पहिलो पटक मानव अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न



कान्जिरोवापोष्ट 

सरोज थापा चैत्र १७ डोल्पा  : राष्ट्रिय मानव अधिकार अयोग कर्णाली प्रदेश सुर्खेतको आयोजनामा डोल्पाको सदरमुकाम दुनै बजारमा जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरिएको छ । जिल्ला स्थित जिम्मेवार निकायका प्रतिनिधिले विभिन्न निकायबाट उठेका कुराको जवाफ दिएका थिए । छलफलको क्रममा अझै पनि डोल्पामा मानव अधिकारको अवस्था सुधार गर्नु पर्ने देखिएको छ । 

समग्र नेपालको तथ्यांक अनुसार डोल्पामा ०.०७ प्रतिशत महिला सम्बन्धी, ०.१३ प्रतिशत बालबालिका सम्बन्धी, २.८६ प्रतिशत धम्की र ०.१ प्रतिशत कुटपिटका घटना रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । जिल्लाका कुनै पनि निकायबाट मानव अधिकार उलंघनका घटना भए उजुरी गर्न प्रजिअ दाहालले सवैलाई आग्रह गरेका छन । कानुन भन्दा माथि कुनैपनि निकाय नभएको हुदा त्यस्ता खालका घटना भए समयमै सम्बन्धीत निकायमा जानकारी गर्न र  मानव अधिकार रक्षाको लागि सवैले आआफ्नो भुमिका निर्वाह गर्न प्रजिअ दाहालले आग्रह गरे । 

जिल्ला अदालत डोल्पाका न्यायधीस भोलानाथ ढकालका अनुसार हाल सम्म दर्ता भएका जम्मा ७० वटा मुद्धा मध्य ४० वटा फच्र्यौट भएको र ३० थान मुद्धा बाकीँ रहेका छन । बाकीँ मुद्धा पनि केही समय भित्र फैसला हुने न्यायधीस ढकालले बताए । अदातलबाट कस्त किसिमका सेवाहरु नागरिकले पाउछन भन्ने विषयमा बुझेर जानकार हुन पनि न्यायधीस ढकालले आग्रह गरेका छन । 

मानव अधिकार उलंघनका घटना विशेष गरि ग्रामिन लेवलमा हुने र त्यसमा प्रत्यक्ष स्थानीय सरकार हुने भएको हुदा सवै स्थानीय तह संग समन्वय गरि यस्ता कार्यक्रम आगामी दिनमा गर्न जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले बताए । अहिलेको शताब्दीमा मानव जाती सभ्य भैसकेको हुदा मानव अधिकार उलंघनका घटना निराकरण गर्नको लागि सवैलाई लागि पर्न जिसस प्रमुख रोकायाले आग्रह गरेका छन । 

मानव अधिकार संरक्षणमा राज्यको पनि दायित्व रहेको हुदा यसमा भुगोल लगाएतका विभिन्न बाहानामा बाधक नहुने राष्ट्यि मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख लोकनाथ बास्तोलाले बताए । आगामी दिनमा डोल्पाका अन्य स्थानीय तहहरु संग समन्वय गरेर यस्ता खाले जनचेतनामुलक कार्यक्रम गरिने उनले बताए । डोल्पामा मानव अधिकार सम्बन्धी उठेका विषय वस्तुलाई सम्बन्धीत निकायमा बुझाउने र यस भन्दा अगाडी मानव अधिकारमा परेका उजुरीको छानविन गरिने उनले बताए । अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।
Related News