सरोज थापा Saturday, 30 March 2024

डाेल्पाे क्याम्पस प्रमुखमा बुढा नियुक्त

कान्जिरोवापोष्ट 

चैत्र १७ दुनै डाेल्पा । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रहेकाे डाेल्पाे क्याम्पसकाे प्रमुखमा बिष्णुलाल बुढा नियुक्त भएका छन। गत बिहिवार सम्पन्न क्याम्पस सभा बाट निर्वाचित क्याम्पस संचालक समितिकाे पहिलाे बैठकबाट बुढालाई क्याम्पस प्रमुखकाे जिम्मेवारी दिइएको हाे । 
नवनियुक्त क्याम्पस प्रमुख बुढा क्याम्पस स्थापना देखि क्याम्पस संचालक समितिकाे सदस्य थिए  भने बि.सं २०७० यता डाेल्पाे क्याम्पसमा पार्टटाइम अध्यापन गर्दै आइरहेका थिए । पछिल्लो केही बर्ष यता सहायक क्याम्पस प्रमुखकाे जिम्मेवारी पाएका थिए। क्याम्पस स्थापनाकाे लागि जग्गा दान समेत गरेका बुढालाई संचालक समितिले प्रमुखकाे जिम्मेवारी दिएकाे हाे । 

गत पुसमा किर्ते सभा काण्डकाे कारण यहीँ चैत १ गते देखि लागू हुने गरि तत्कालीन क्याम्पस धनन्जय सुवेदीले राजिनामा दिएका थिए । संचालक समितिले सुवेदीकाे राजिनामा स्वीकृत गरेर नयाँ प्रमुखमा बुढालाइ नियुक्त गरेकाे हाे । नवनियुक्त प्रमुख बुढा अवकाे केही महिना भित्र प्रा.वि तहकाे शिक्षण पेशाबाट राजिनामा दिने तयारीमा छन।   

यस्तै संचलक समितिकाे पहिलाे बैठकले सभामा सहभागीलाई धन्यवाद, क्याम्पस प्रमुख नियुक्त, २०६९ देखि ७९ सम्मकाे आय ब्याय अध्ययन गर्ने, तत्कालीन क्याम्पस प्रमुखले क्याम्पसका अफिसियल इमेल आइडी पासपोर्ट नदिएकाे हुदा २४ घण्टा भित्र बुझाउन पत्रचार गर्ने, नियमित पठनपाठन तथा व्यवस्थापन लगाएतका विषयमा निर्णय भएकाे डाेल्पाे क्याम्पसले जनाएको छ।
Related News