कान्जिरोवापोष्ट
सरोज थापा चैत १८ डोल्पा ।
शनिबार अत्याधिक हावाहुरीका कारण एक जना मान्छे सङ्गै च्यापिएर दुई घोडाको मृत्यु भएको छ । मुड्केचुला गाउपालिका वडा नम्बर ९ होर्तगाउका बर्ष ४० का सिद्ध बुढा सङ्गै आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बिच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको स्थानिय रमेश बुढाले जानकारी दिए ।
स्थानिय बुढाका अनुसार मुसि खोला देखि आलु र खेतमा लगाउने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढालेर दुई वटा घोडा र सङ्गै रहेका सिद्ध बुढालाई च्यापेको बताए । रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिरेका बुढाको उपचारको लागि डोल्पा देखि जुम्ला लिदै गर्दा बाटोमा अत्याधिक रक्त श्राबका कारण घटना भएको शनिबार साझ लामचौर भन्ने ठाउमा पुग्दा बिच बाटोमै मृत्यु भएको अफन्तले बताए । हावाहुरीका कारण संचारमा समेत केही समय अबरोध भएको थियो । जिल्ला प्रहरि कार्यलयमा थप बुझ्दा घटना भएकोले घटना स्थल तर्फ प्रहरी गएको जिल्ला प्रहरी प्रमुख डिएसपि हरिकृष्ण के सि ले बताए घटानको थप जानकारी आउन बाकी रहेको जिल्ला प्रहरी डोल्पाले जनाएको छ ।