सरोज थापा Monday, 1 April 2024

जिल्ला अदालत द्वारा हाल सम्म ४१ थान मुद्दा फैसला २९ थान प्रक्रियामै


कान्जिरोवापोस्ट  चैत्र १९ डोल्पा ।

जिल्ला अदालत डोल्पा द्वारा हाल सम्म ४१ थान मुद्वा फर्च्यौट भएको तथ्यांकले देखाएको छ । जिल्ला अदालत डोल्पाले जिल्लामा क्रियाशील पत्रकारहरु संग अन्तरक्रिया गरि तथ्याङ्ग सर्बजनिक गरिएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत डोल्पाबाट भैरहेका गतिविधिका बारेमा संचारकर्मीहरुलाई जानकारी गराईएको हो । आ.व. २०८०÷८१ को चैत १९ गते सम्म दुनियावादी देवानी, दुनियावादी फौजदारी, सरकारवादी फौजदारी, पुनरावेदन गरि जिल्लामा समग्र जम्मा ७० थान मुद्धा दर्ता भएका छन । जस्मा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरिआएका ३४ थान यस आ.व. मा दर्ता भएका नयाँ २६ थान गरि जम्मा ७० थान मुद्धा मध्य ४१ थान फछर्यौट भएको हो भने २९ थान मुद्धा बाकीँ रहेको जिल्ला अदालत डोल्पाका सुचना अधिकारी तथा श्रेस्तेदार हरिगोपाल ज्ञवालीले जानकारी गर्नुभयो ।