सरोज थापा Monday, 1 April 2024

जिल्ला अदालत द्वारा हाल सम्म ४१ थान मुद्दा फैसला २९ थान प्रक्रियामै

कान्जिरोवापोष्ट चैत्र १९ दुनै डोल्पा ।

जिल्ला अदालत डोल्पा द्वारा हाल सम्म ४१ थान मुद्वा फर्च्यौट भएको तथ्यांकले देखाएको छ । जिल्ला अदालत डोल्पाले जिल्लामा क्रियाशील पत्रकारहरु संग अन्तरक्रिया गरि तथ्याङ्ग सर्बजनिक गरिएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत डोल्पाबाट भैरहेका गतिविधिका बारेमा संचारकर्मीहरुलाई जानकारी गराईएको हो । आ.व. २०८०÷८१ को चैत १९ गते सम्म दुनियावादी देवानी, दुनियावादी फौजदारी, सरकारवादी फौजदारी, पुनरावेदन गरि जिल्लामा समग्र जम्मा ७० थान मुद्धा दर्ता भएका छन । जस्मा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरिआएका ३४ थान यस आ.व. मा दर्ता भएका नयाँ २६ थान गरि जम्मा ७० थान मुद्धा मध्य ४१ थान फछर्यौट भएको हो भने २९ थान मुद्धा बाकीँ रहेको जिल्ला अदालत डोल्पाका सुचना अधिकारी तथा श्रेस्तेदार हरिगोपाल ज्ञवालीले जानकारी गर्नुभयो ।  

दुनियावादी देवानी तर्फ श्रेस्तेदार ज्ञवालीका अनुसार आ.व. २०७७÷७८ देखि हाल सम्म सम्बन्ध बिच्छेदका जम्मा २३ थान मुद्धा मध्य १९ थान फैसला भएको र ४ थान मुद्धा बाकीँ रहेको जानकारी गराउनु भएको छ । यस्तै अन्य (अंश, मासिक खर्च, दृष्ट्री बन्धक रकम दिलाई) तर्फ जम्मा ६ थान मुद्धा मध्य ३ थान फैसला भएको र ३ थान बाकीँ रहेका छन । दुनियावादी फौजदारी तर्फ चेक अनादरमा जम्मा ८ थान मुद्धा मध्य १ थान फैसला भएको र बाकीँ ७ थान रहेको छ । यस्तै गाली बेइज्जतीमा जम्मा ५ थान मुद्धा मध्ये ४ थान फैसला भएको र १ थान बाकीँ रहेको छ । 

सरकार वादी फौजदारी तर्फ डाँका चोरीका जम्मा ३ थानमा २ फैसला १ थान बाँकी रहेको छ । जवरजस्ती करणी र उधोगमा जम्मा ७ थान मुद्धा मध्य १ थान फैसला भएको र ६ थान बाँकी रहेको छ । बालविवाह, बहुविवाहका जम्मा ३ थान मध्य २ थान फैसला १ थान बाकीँ रहेको छ । अपरण, शरिर बन्धक, जवरजस्ती करणी र मानव बेचबिखनका जम्मा २ थान मध्य फैसाल हुन २ थान नै बाकीँ रहेको , ज्यान मार्ने उधोग जम्मा २ मध्य २ थान नै फैसला हुन बाकी, सार्वजनिक कसुरका जम्मा १ थान मध्य १ थान नै बाँकी, सवारी ज्यानका जम्मा जम्मा ३ थान मध्य फैसला २ बाँकी १ थान, हातहतियार खरखजना जम्मा १ थान मध्य सवै फैसला, अभद्र व्यवहारको जम्मा १ थान मध्य फैसला १ थान नै फैसला भएको छ । 

अर्धन्यायिक निकायको पुनरावेदन तर्फ सार्वजनिक शान्तिको जम्मा ३ थान मुद्धा मध्य सबै फैसला भएको छ भने अभद्र व्यवहारका जम्मा २ थान मुद्धा मध्य सवै फैसला भएको छ । 
अघिल्ला आ.व. को तुलनामा भन्दा यस बर्ष हाल सम्म धेरै मुद्धा फैसला भएको र बाकीँ रहेका मुद्धा विभिन्न चरणका प्रक्रियामा रहेको हुदा छिट्टैनै किनारा लाग्ने जिल्ला अदालत डोल्पाका न्यायधीश माननीय भोलानाथ ढकालले बताउनु भयो  । डोल्पा जिल्ला भौगोलिग हिसाबले ठुलो भएता पनि जनसंख्या कम भएको हुदा अदालतमा त्यति धेरै चाप नहुने हुदा न्याय सम्पादनमा सहज भएको न्यायधीश ढकालले थप्नु भयो । अदालत सबैको विश्वासको केन्द्र भएको हुदा न्याय मर्न नदिने न्यायाधीश ढकालले बिस्वस्त पार्नु भयो । कानुनी व्यवसायी राख्न नसक्ने असहाय अशक्त नाबालक आर्थिक रुपले विपन्न र थुनामा रहेका व्यक्तिहरुलाई जिल्ला अदालत डोल्पाले बैतनिक कानुन व्यवसायी मार्फत निशुल्क कानुनी सहायता उपलब्ध गराउदै आएको पनि न्यायधीश ढकाले जानकारी दिनुभयो । 

“न्यायमा पहुँचको लागि समुदायमा अदालत” भन्ने मुल नाराको साथ विभिन्न माध्यामिक विधालय र सुमदायमा कार्यक्रम चलाई रहेको र बाँकी स्थानिय तहहरुका न्याय पालिकाहरुमा समन्वय गरि कार्यक्रम संचालन तथा सहाजिकरण गर्ने तयारी रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ । जिल्ला अदालत डोल्पामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार लागएत अन्य क्षेत्रका प्रतिनिधिहरुको सहभागीता  रहेको थियो ।
Related News