सरोज थापा Saturday, 20 April 2024

डोल्पाको काईके बाट जटिल अवस्थाकि सुत्केरिको उद्दार

कान्जिरोवापोष्ट बैशाख ८ दुनै डोल्पा ।

सरोज थापा : शुक्रबार मात्र  काइके गाउँपालिका वडा नं ४ बस्ने झुमा विकको  नेपाली सेनाको हेलिकप्टरबाट उदार गरिएको छ ।  दुर्गम ठाउमा रहेको स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी जटिल अवस्थामा पुगेकोले जिल्ला प्रशासन कार्यलय डोल्पाले पहल गरि उद्दार गरेको प्रमुख जिल्ला अधिकारी तुल्सी प्रशाद दाहालले बताए । 

प्रजिअ दाहालका अनुसार दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार 
कार्यक्रम अनुसार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरमा रहेको प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारका लागि पठाइएको जिल्ला प्रशासन कार्यलय डोल्पाले जनाएको छ । 
Related News