कान्जिरोवापोष्ट
सरोज थापा बैशाख १४ दुनै डोल्पा ।
डोल्पाका राजनैतिक दलहरुले तल्लुबगरको पिल समयमै नबन्दा चरण आन्दोलनका कार्यक्रम गर्दै आएका छ्न । बुधबार डोल्पाको दुनैमा जिल्ला समन्वयको अध्यक्षतामा बसेको बैठकले पुल तत्काल निर्माण कार्य अगाडी बढाई सम्बन्धित जिम्मेवार निकायहरुलाई पहलकदमिको लागि बिहिवार बार ५ वटा निर्णय गरिएको छ ।
जाजरकोट , रुकुम र डोल्पा जोड्ने तल्लुबगरको बेलि बृज हाल सम्म पनि निर्माण नभइ आम डोल्पाबासिलाई पर्न गएको मुल्य वृद्धि र अहिलेको यार्चागुम्बु को समयलाई मध्यनजर गर्दै डोल्पाली जनतहरुलाई पर्न जाने महङ्गीलाई ध्यानमा राखी चरनबद्द तरिकाले तत्लुबगरको बेलिबृज निर्माण गराउनको लागि सकारात्मक दवाब दिदै आगाडी बढेको संघर्ष समितिका संयोजक तथा नेपाली काङ्ग्रेस डोल्पाका सचिब हिक्मत शाहिले बताए । बिहीवार जिल्ला समन्वयमा भएको सर्ब पक्षिय डोल्पाको राजनैतिक दल , नगारिक समाज ,गैरसरकारी महासंघ पत्रकार , र सरोकारवालाहरुको संयुक्त बसेको बैठकले ५ बुदे निर्णय सार्वजनिक गरेको छ ।
निर्णयहरु
१ , जाजरकोट ,रुकुम र डोल्पा जोड्ने तल्लु बगरको बेलि बृज हाल सम्म पनि निर्माणको काम सम्पन्न नभएको हुदा डोल्पा जिल्लाको समस्या माथी समस्या बनी आवतजावतमा समस्या भाई बाटोमा सामन पल्टी गर्नु पर्ने बाएको हुदा यथासिर्घ निर्माणकार्य संचलनमा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने ।
२ भेरी करिडोर सडक खण्ड अन्तर्गत पर्ने तल्लु बगर देखि माथी रहेका उना र दामाचौर वरिपरिका २ वटा खोला , चुगार्ड र छलगार्ड २ वटा खोला ,साना खोला मन्काबगर खोला , फुल्चिङ्ग खोला र भित्ती खोला ।
३, लामो समय देखि अलपत्र अबस्थामा रहेको रुपगार्ड खोलाको बेलि बृजलाई तत्काल निर्माणकार्य तत्काल सुचारु गर्नको लागि निर्माण कम्पनी र भेरी करिडोरलाई यथाशीघ्र काम संचालनको लागि निर्देशन गर्ने ।
४, भेरी करिडोर जाजरकोट डोल्पा सडक खण्ड भित्र पर्ने खहरे खोलाले बर्षातको समयमा सडक अबरुद्ध हुने भएकाले तत्काल निकासका लागि आबश्यक सामाग्रीहरु भ्याकुलोडर ट्र्याकटर ,त्रिपुरासुन्दरी नगरपालिकामा तैनाथ अबस्थामा राख्नको लागि भेरी करिडोरलाई पत्राचार गर्ने ।
५, डोल्पा स्थित रहेको जुफाल ,जुफल विमान स्थल २०८० साल चैत्र २९ गते निर्माणकार्य सम्पन्न भई २०८१ साल बैशाख ९ गते तारा एयरलाईन्सले उआन भरी सक्दा पनि नेपालगन्ज डोल्पा उडान कार्य हाल सम्म पनि सुचारु नभएकाले तत्काल नेपालगन्ज डोल्पा उडान भर्नका लागि नागरिक उड्डयन प्राधिकरण र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गर्ने । गरि बुदागत ५ वटा लिखित निर्णय गरिएको छ ।