सरोज थापा Tuesday, 30 April 2024

यार्चा चोर्न गएका ४८ जनालाई यार्चा पाटन बाटै पक्राउ ।

कान्जिरोवापोष्ट 

सरोज थापा बैशाख १८ डोल्पा ।

डोल्पामा यार्चा चोर्न गएका ४८ जनालाई पक्राउ गरिएको छ । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत डोल्पा जिल्लाभर चेक पोष्ठहरु ७ वटा र मुगु जिल्लामा २ ओटा पोष्ट रहेको शे.फो.रा.नि. डोल्पाका सूचना अधिकारीले तथा रेन्जर एज्ञराज रोकायाले जानकारी दिए । रोकायाका अनुसार जगदुल्ला गाउपालिका स्थित रहेको तोईजम पोष्टले जगदुल्लाका गाउपालिकाहरुका बिभिन्न यार्चा पाटन कागमारा,कुनासा, टाङ्ग टुङ्गे लगाएतका पाटन्हरु बाट र केही लाई बिच बाटो बाटो पक्राउ गरिएको जनाए । 

विभिन्न पाटनहरु बाट पक्राउ परेकाहरुमा जाजरकोट जिल्लाका ६ जना , मुड्केचुला गाउपालिका का १९ जना र जगदुल्ला गाउपालिकाकै २३ जनालाई यार्चा पाटन र केहिलाई यार्चा चोर्न जाँदै गर्दा बिच बाटो बाटै तोईजम पोष्ट जगदुल्लाले पक्राउ गरि आबश्यक कार्बाही प्रक्रिया आगाडी बढाएको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड डोल्पाले जानकारी दिएको छ । 
Related News