हावाहुरीले छाना उडाए संगै दैनिक पठन पाठन सेवा प्रबाह अबरुद्ध ।
कान्जिरोवापोष्ट
सरोज थापा बैशाख १९ डोल्पा ।
डोल्पामा बुधबार अत्याधिक लागेको हावाहुरीले डोल्पाका बिभिन्न स्थानमा ठुलो क्षेति पुर्याएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका , जगदुल्ला गाउपालिका र मुड्केचुलामा सरकारी भवान्हरु हावाहुरीले छाना उडाएर क्षेत बिक्षत बनाई क्षेति ग्रस्त बनाएको छ । जस्को कारण दैनिक पठन पाठन र सेवा प्रबाहमा अबरुद्ध भएको छ ।
अत्याधिक हावाहुरीका कारण त्रिपूरा सुन्दरी नगरपालिका वडा नबर ११ मा पर्ने श्री कंचन जंघा प्राथमिक विद्यालय हुम गाउंको विद्यालय बुधबारको हावाहुरीले विद्यालयको छाना उडाएर पुर्णरुपमा क्षेति भएको स्थानिय कुमार रावलले जानकारी दिए । हावाहुरीले छाना उडाए सङ्गै बिध्यलयको दैनिक पठन पाठन समेत अबरोध हुने भएको छ ।
बिहान ११ बजेपछि अत्याधिक चलेको हावाहुरीले जगदुल्ला गाउँपालिका वडा नम्बर २ काईगाउँको स्वास्थ्य चौकिको छाना उडाएर क्षेति बनाएको स्थानीय हरिमान थापाले जानकारी दिए । स्थानीय थापाका अनुसार हावाले स्वास्थ्य चौकिको छाना पुरै उडाएर लगेको र छाना उडाएपछि स्वास्थ्य सेवा प्रबाहमा समेत अबरुद्ध भएको बताए ।
त्यसैगरि हावाहुरीले मुड्केचुला गाउँपालिका वडा नम्बर ५ सुर गाउमा रहेको वडा कार्यालयको भवनको छाना उडाएर क्षति ग्रस्त बनाएको छ । वडा कार्यालयको भवनको छाना उडाएपछि वडाका सामाग्रिहरु समेत खुला आकाश मुनि रहेको स्थानीय अमर थापाले जानकारी दिए । तत्काल वडाका सामाग्रिहरु ब्यवस्थापन गरेको भएपनि दैनिक सेवा प्रबाहमा समास्या भएको छ ।
बुधबार चलेको हावाहुरिले डोल्पाका केही स्थानमा भौतिक संरचनाहरुको हावाहुरिले क्षेति पुर्याएको तर जिल्लाभर भर के कति क्षेति भएको भन्ने एकिन नभएको र खबर आउन बाकी रहेको डोल्पाका डियस्पी हरिकृष्ण केसिले बताए ।