सरोज थापा Thursday, 2 May 2024

डोल्पाको प्रजिअ सहितको टोलिले तल्लुबगर देखि दुनै सम्मका निर्मानाधिन बेलिबृजहरुको स्थलगत अनुगमण ।

निर्माणाधीन बेलिबृज अनुगमण पछि ४ बुदाहरु सार्बजनिक 

कान्जिरोवापोष्ट 

सरोज थापा बैशाख २० डोल्पा । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरु र प्राबिधिक टोलिले बुधबार डोल्पा जिल्लाको लाईफलाइनको रुपमा रहेको तल्लु बगर लगाएत डोल्पा जोड्ने निर्मानाधिन बेलिबृज पुलहरुको स्थलगत अनुगमन गरिएको छ । अनुगम पश्चात सम्बन्धित जिम्मेवार निकायहरुको ध्यान केन्द्रित गराएको प्रजिअ तुल्सी प्रशाद दाहाले बताए । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार जिल्ला प्रशासन कार्यलय डोल्पाले बुदागत रुपमा ४ वटा बुदा सार्बजनिक गरेको छ । 

१. मिति २०८१/०१/१९ गते प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरू र प्राविधिक सहितको टोलीले डोल्पा जिल्लाको लाइफलाइनका रुपमा रहेको भेरी कोरीडोर सडक खण्डको तल्लु बगरमा निर्माणको अन्तिम चरणमा रहेको बेलिबृज निर्माण कार्य विविध कारणले अवरूद्ध सुरक्षा मापदण्डका साथ यसको निर्माण कार्य अविलम्ब पुरा गरी मनसुन अगावै पुल सञ्‍चालनमा ल्याउन बेलीबृज निर्माणस्थलको अनुगमन/निरीक्षण गरी आवश्यक सामग्री आपूर्तिका लागि सहजीकरण गर्नुकासाथै स्थानीय सरोकारवाला सहित आयोजना प्रमुख र निर्माण पक्षलाई बाँकी काम यथाशीघ्र सम्पन्‍न गर्न समयमै सक्ने दुवै पक्षले प्रतिबद्धता जनाई बिहीवार बैशाख २० गते  सामान प्राप्त भएपछि शुक्रवार बाट बाँकी काम शूरू गर्ने जनाएको छ । त्यसैगरी, तल्लुबगरमा पक्की पूल निर्माण कार्य पनि शुरूवात भएको स्थलगत अनुगम मा देखिएको छ ।

२. भेरी कोरीडोर अन्तर्गत दुनै-तल्लु बगर खण्डको मर्मत सम्भारको कार्य यस अघिनै उक्त आयोजनालाई निर्देशन दिइएकोमा हाल उक्त कार्यको प्रगति हेर्दा केही स्थानमा सडक मर्मत सम्भारको कार्य भएता पनि पूर्ण रुपमा समस्या ग्रस्त स्थानहरूमा मर्मत सम्भार बाँकी रहेको देखिएकोले थप क्रियाशिलताका साथ मर्मत सम्भारको काम सम्पन्न गर्न आयोजनाले त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकासँग ती नगरक्षेत्रमा गरिने कार्यको समन्वय र अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । 

३. त्रिवेणीस्थित रूकुम पश्चिम र डोल्पाको मुड्केचुला गाउँपालिका जोड्ने जगदुल्ला हाइड्रो पावर र स्थानीयको लागि अत्यावश्यक पूल निर्माण कार्यलाई तीब्रता दिई समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित निर्माण पक्षसँग छलफल गर्दा थप गति दिई समयमै सम्पन्न गर्ने जनाएको ।

४. भेरी कोरीडोर अन्तर्गतको रूपगाड नदीमा बनिरहेको बेलिबृज निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको l

जाजरकोट डोल्पा सडकखण्डको भेरी करिडोरमा हाल बिभिन्न स्थानमा पुल निर्माण भइ रहेका छन । जाजरकोट रुकुमको सिमानामा रहेको तल्लुबगरमा भेरी नदिमाथिको बेलीबृज पुल निर्माणको काम अन्तिम चरणमा पुगेपनि प्राबिधिक हिसाबले अझै केहि काम बाँकी रहेकोले सञ्चालनमा आउन सकेको छैन । तल्लुबगर भेरी नदिमाथिको पुल निर्माण भएमा सहजै डोल्पा सम्म यातायात सञ्चालनमा आउने र दैनिक उपभोग्य सामाग्रीहरु समेत आयात हुने भएपछि सबैको चासोको बिषय बनेको छ l 

जनताको गुनासो र दबावलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय डोल्पाले निरन्तर अनुगमन र खवरदारी गरि रहेको छ । बुधबार मात्रै जिल्लाको सुरक्षाको टोलि सहित तल्लु पुगेर बिहिबार जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजबाट सबैमा जानकारी गराउदै जिल्ला प्रशासन कार्यालय डोल्पाले भनेको छ तल्लु देखी दुनैको रुपगाड खोला सम्मका पुल निर्माण र सड्कका खाल्डा पुर्ने काम तिब्र भइ रहेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले हाल सम्म पुल निर्माण र सड्क बिस्तारको लागि भएका काम यसरी फेसबुक पेज मार्फत सबै नागरिकलाइ जानकारी गराएको प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले जानकारी दिए । प्रजिअ दाहालले भने पुल मात्रै हैन सड्कमा भएका खाडल र अफ्ठ्यारा समेत भेरी करिडोरलाई भनेर मर्मतका काम गराइ रहेका छौ सबैले यस कुरामा साथ दिनु जरुरी छ ।
Related News