सरोज थापा Tuesday, 7 May 2024

डोल्पामा नागरिक सचेतना तथा जाहेरी लेखन सम्बधी कार्यशाला गोष्टि ।

कान्जिरोवापोष्ट 

सरोज थापा बैशाख २५ त्रिपुराकोट डोल्पा । 

नगरिक सचेतना तथा जाहेरी लेखन सम्बधी कार्यशाला सम्बन्धि गोष्टि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटमा संचालन भएको छ ।  डोल्पाका मुड्केचुला,जगदुल्ला,काईके गाउपालिका र त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका ७ जना महिला र १८ जना पुरुषको सहभागितामा कानुनी सचेतना र जाहेरी लेखन भित्र विभिन्न बिषयहरुमा कर्णाली जनजिबिका शसक्तिकरण कार्यक्रम ( क्लेप) अन्तर्गत आईतवार देखि सुरु भएको तालीम बिहिवार सम्पन्न हुने गरि गोष्ठी संचालन भैरहेको बाताबरणिय कृषि तथा बिकास केन्द्र ( केड ) परियोजना संयोजक उमाकान्त भुसालले जानकारी दिए । 

उक्त गोष्ठीमा दलित समुदायका स्थानीय अगुवाहरुको आधारभुत सीपमा बिकास गर्ने ,स्थानीय स्तरमाहुने जातिय छुवाछूत तथा भेदभावको विरुद्धमा कानुनी प्रबन्धहरु, कानुनी उपचार खोज्ने बिधि र प्रक्रियाका बरेमा सचेतना अभिबृद्दी गर्ने ,महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धि कानुनी सचेतना अभिबृद्दी गर्ने ,बाल अधिकार ,बाल बिबाह ,बहुबिबाह सम्बन्धि सचेतना अभिबृद्दी गर्ने ,स्थानिय स्तरमा कानुनी उपचार खोज्ने विधि र प्रकृतिको सीप बिकास गर्ने , आगामी योजना निर्माण गर्ने ,उजुरी तथा जाहेरी लेख्न सक्ने जनशक्ति निर्माण गर्न सक्ने  लगाएयतका कुराहरुलाई मध्यनजर गर्दै संबिधान तहमा उल्लेखित नीति,नियम,हक,अधिकार,ऎन ,कानुन ,कसुर र दण्ड,सजाय,अपराध र कानुनी उपचार लगाएत कानुन सम्बन्धि कार्यक्रमको मुख्य सहजीकरण अधिबक्ता चक्रमान बिश्वाकर्माले गरेका छन । 

जिल्लाका ५ वटा स्थानिय तहहरुबाट सहभागीहरुलाई विभिन्न बिष्य बिज्ञताहरुलाई बोलाएर गोष्ठीमा सहजीकरण गरेका छ्न । घरेलु हिंसा न्यूनीकरणमा प्रहरी,समुदाय,सहकार्य,र प्रहरीको भुमिका सम्बन्धि प्रहरी निरीक्षक कमल क्षेत्रिले सहाजिकरण गरे भने बालबिबाहको सवालमा बालबिबाहको अवस्था,बालबिबाह न्यूनीकरणका उपाए , बालबिबाह रोकथाम गर्न के के गर्ने भन्ने थुप्रै बिषयमा नागरिक अभियान्ता रण बहादुर कार्कीले सहजीकरण गर्दै सहभागीहरुलाई प्रस्ट्याईएको छ । आइतबारदेखि सुरु भएको कानुनी सचेतना तथा जाहेरी लेखन गोष्टिको उद्घाट्नमा कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत जददिस नेपाली १ नम्बर वडा अध्यक्ष रामचन्द्र कुलाल लगाएर सरोकारवाला निकाया र २५ जना सहभागितामा कार्यक्रम भैरहेको बाताबरणिय कृषि तथा बिकास केन्द्र ( केड ) का फिल्ड कोडिनेटर लिला तमटाले जानकरी दिए । 


Related News