कान्जिरोवापोष्ट
सरोज थापा जेष्ठ ४ डोल्पा ।
डोल्पा जिल्लामा रहेको एक मात्रा जिल्ला अष्पतालमा नब निर्मित भवन जिल्ला अष्पताल डोल्पालाई हस्तान्तरण गरिएको छ । बिहिवार एक कार्यक्रम का बिच कर्णाली प्रदेश सरकार का सामाजिक बिकास मन्त्री वीर बहादुर शाही द्वारा शिला लेखमा उल्लेख गरेर रिबन काटी नयाँ भवनको उद्द्घाटन गरिएको छ । बुद्व हिमाली निर्माण कम्पनीले जिल्ला अष्पताललाइ बिधिबत तरिकाले नयाँ निर्मित भवन हस्तान्तरण गरेको छ ।
बुद्व हिमाली निर्माण कम्पनीले निर्धारित समय अगाडि नै भवन निर्माण गरेको भन्दै निर्माण कम्पनिका तर्फ बाट हिम बहादुर बुढालाई दोसल्ला ओडाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।
कर्णाली प्रदेश सरकारका समाजिक बिकास मन्त्री बिर बहादुर शाहिले जिल्ला अष्पताल सम्मको बाटो असहज र पुल नभएकोले केही समयमा बेलि बृजको ठेक्का खुल्ने र जिल्ला अष्पताल सम्मको बाटो पनि निर्माण हुने बताएका छ्न ।
भवन हस्तान्तरण कार्यक्रम मा डोल्पाका राजनैतिक दल , नागरिक समाज , बुद्धिजिबिहरुले नयाँ निर्माण भएको भवनमा बिसशग्य डाक्टर,कर्मचारीहरु र आधुनिक आबश्यक इकोमेन्टहरु हुनुपर्नेमा विशेष जोड दिएर माग राख्दै दवाब समेत दिएका छन ।
बर्सेनि अष्पताल सम्म ल्याउने बिरामी पुल र बाटो राम्रो नहुदा बिच बाटोमै कति मृत्यु भएको र केही सुत्केरी महिलाहरुले ल्याउदा ल्याउदै बिच बाटोमै बच्चा जन्माउने गरेको जिल्ला अष्पताल डोल्पाका डा अखण्ड उपाध्यायले दुखेसो पोखे ।